४ फाल्गुन २०८१, आइतबार | Sun Feb 16 2025

आदिवासी समुदायको संस्कार संस्कृति जगेर्ना भए मात्र मृुलुक समृद्ध हुन्छ – मन्त्री सुदन किराती



दमक । मुलुक भित्र रहेका आदिवासी जनजाती समुदायको संस्कार संस्कृति जगेर्ना  भए मात्र मृुलुकको समृद्ध हुने संस्कृति,पर्यटन तथा नागरिक उड्यान मन्त्री सुदन किरातीले बताएका छन्

आदिवासी जनजाती महासंघ झापाले कमल गाउँपालिका स्थित आदिवासी रंगशालामा बुधवार  आयोजित २९ औं विश्व आदिवासी जनजाती दिवस कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मन्त्री किरातीले सो कुरा बताउनु भएको हो । मन्त्री किरातीले,’विदेशी संस्कृतिको फोटोकपी होइन, स्वदेश मैत्री जाति समुदायको संस्कृतिले मात्र नेपाल र नेपाली समृद्धि हुने बताए ।’

कार्यक्रममा अतिथि नेपाली काग्रेस झापाका सभापति देउमान थेवे,आदिवासी जनजाती स्मृति पार्कका कार्यवाहक अध्यक्ष दिपेनवाला राई र बद्री साम्पाङ्ग कमल गाउपलिका उपाध्यक्ष प्रमिला न्यौपाने लगायतले शुभकामना राख्ने क्रममा आदिवासी रंगशालाको विकास र रंगशाला निर्माणको लागि जग्गाको भोगाधिकारको  लागि पहल गरि दिन मन्त्री किरातीलाई  आग्रह  समेत गरेका थिए ।

कार्यक्रममा आदिवासी जनजाती महासंघ झापाको संस्थागत विकासका लागि पूर्व अध्यक्षहरुले पुराएको योगदानको कदर गर्दै पूर्व अध्यक्षहरु मध्ये दुई जना पूर्व जिल्ला अध्यक्षलाई सम्मान गरेको छ । पूर्व जिल्ला अध्यक्षहरु पारसमणी राई र भरत कुमार श्रेष्ठलाई कार्यक्रमका प्रमुख अतिथि मन्त्री किरातीले प्रमाण पत्र र दोसल्ला ओढाएर सम्मान गरेको थियो ।

महासंघका जिल्ला अध्यक्ष पाण्डप चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला भरिका विभिन्न जातीय संस्थाहरु सहभागी भएको कार्यक्रममा नेवा दे दबु,किरात याक्थुङ्ग चुम्लुङ्ग,नेपाल मगर संघ,भुजेल समाज सेवा समिति र नेपाल तामाङ्ग घेदुङ् लगायतको संस्थाले झाँकी प्रर्दशन गरेका थिए ।

प्रकाशित मिति : २४ श्रावण २०८०, बुधबार  ५ : ३९ बजे