६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

किरात धर्मगुरु ज्ञानभूमि फुलुङगीमा बिजुली बत्ती पुग्यो



माङ्सेबुङ ।  इलामको माङ्सेबुङ ३ स्थित किरात धर्मगुरु मुहिङगुम अङ्सीमाङ लिङ्देन आत्मानन्द सेईङ ज्ञानभूमि फुलुङ्गीमा ५० वाटको ट्रान्समिटर जोडेर विद्युत लाइन बिस्तार गरिएको छ । काबेली करिडोरको प्रसारण लाइनको बिद्युत माई नगरपालिकाको सेतीखरे हुदै किरात धर्मगुरु ज्ञानभूमि फुलुङ्गीमा विद्युत बिस्तार गरिएको दानाबारी फ्युज सेवाका प्राविधिक सुरेश आङदेम्बेले जनाएको छ ।

अङसीमाङले छ महिनासम्म गुफा साधना गर्नुभएर समाधि ज्ञान प्राप्त गर्नुभएको किरात धर्मगुरु ज्ञानभूमी फुलुङगीमा बिहीवार अङ्सीमाङ तथा अङ्सीमामाङले संयुक्तरूपमा हस्तबाहुलिबाट बिजुली बत्ती बालेर शुभारम्भ गर्नुभएको थियो ।

आत्मानन्द फुलुङगी माङहिम फाउण्डेशनका सदस्य लक्ष्य बहादुर लिङदेनले  लामो समयपछि फुलुङगीमा विद्युत लाइन विस्तार भएकोमा  खुशी व्यक्त गरे ।

यसैगरी किरात साम्यो नालिफूङवा पान्जुम्भोका पूर्व सचिव तथा लेखक भगीहाङ नेम्वाङ (रानीटारे साइला ) ले भने, ‘माई,देउमाई र मेक्वाखोलाको संगमस्थल गुफाडाँडा फुलुङगीमा किरात धर्मगुरुले छ महिना ध्यान साधना गर्नृुभएको थियो । सो ध्यान साधनामा आफ्नो जन्मको प्रमुख उद्देश्य मुहिङगुम अङसीमाङ महागुरु फाल्गुनन्द लिङदेनको अपुरो अधुरो कार्यलाई पूरा गर्नुपर्ने थाहा भएकोले  उनै महागुरुको पुनः अवतारकोरुपमा गुरु गुरुआमाहरु किरातीहरुलाई सुधार गर्न अनवरतरुपमा लागिरहनु भएको बताउनुभयो ।’ उनले पुनः थप्दै भने, ‘ज्ञानभूमि फुलुङ्गीमा भौतिक संरचनाहरु निर्माण भैरहेको छ । अष्टसिद्ध माङहिम निर्माणस्थलमा विद्युत लाइनको आवश्यक थियो । विद्युत विस्तार भएसंगै सो क्षेत्रका स्थानीयहरु हर्षित भएको बताउदै पछिल्लो समय धार्मिक समारोह कार्यक्रम आयोजना गर्न सहज हुने बताए ।’

फुलुङगीमा लामो समयसम्म विद्युत लाइन बिस्तार हुन नसक्दा सो क्षेत्रमा धार्मिक समारोह कार्यक्रम आयोजना गर्न सास्ति खेप्नुपरिरहेको थियो । तर , ढिलैभएपनि विद्युत बिस्तार भएसंगै धार्मिक अनुस्ठान समारोह जस्ता कार्यक्रमहरु आयोजना गर्न अब भने सहज हुने भएको छ ।

त्यसैगरि गुरुनिजि कृषि समितिको सचिव उदयविक्रम तुम्बापो , माङ्सेबुङ हेरिटेज प्रा .ली अध्यक्ष शेर बहादुर लाओती , आत्मानन्द फुलुङगी फाउन्डेसन अध्यक्ष जगत बहादुर लाओती ,लोक बहादुर लिङदेन , मोहन देवान,लोकहाङ लाओती , बाजहाङ योङहाङ लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १ भाद्र २०८०, शुक्रबार  ३ : ११ बजे