१ असार २०८१, शुक्रबार | Sat Jun 15 2024

भद्रपुरमा चुम्लुङको स्थापना दिवस मनाइयो



दमक । किरात याक्थुङ् चुम्लुङ ३५ औं स्थापना दिवस सप्ताहव्यापी कार्यक्रमको पाचौं दिन भदरपुरस्थित एनसिडिसी सामुदायिक भवनमा बिहीवार सम्पन्न गरिएको छ ।

भद्रपुरमा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथि किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश अध्यक्ष तथा पान्थर बहुमुखी क्याम्पसका प्राध्यापक मधुराज केरूङले अबको दिनमा याक्थुङ लिम्बू जातिहरू शैक्षिक र आर्थिक क्षेत्रमा विशेष लगानी गरेर अघि बढ्नुपर्ने कुरामा जोड दिनुहुँदै पहिचान र अस्तित्वको आन्दोलनमा समाहित भएर राजनैतिक अधिकारको निमित्त लड्नुको विकल्प नरहेको बताउनुभयो ।

विशिष्ट अतिथि किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश सदस्य दिलु लिङदेन लावतीले याक्थुङ लिम्बू जातिहरू धारमिक, सांस्कृतिक संरक्षण र संवद्र्धधनको नाममा या लाःङ, के लाःङ् मात्र नाचेर, गरगहना लाएर अबको दिनमा सो गरेर मात्र नहुने बताउँदै राजनैतिक चेतको विकास पनि गर्नुपर्ने पनि बताउनुभयो । वहाँले जबसम्म राजनैतिक सुझबुझ हुन सक्दैन तबसम्म याक्थुङ÷लिम्बूहरू नीति निर्माण तहमा पुग्न सक्दैनौं । नीति निर्माण नभई हाम्रा मुद्धाहरू सम्बोधन हुन सक्दैन ।

 

 

भदरपुर नगरपालिका वडा न. ८, मा अध्यक्ष गौरव लिम्बू, किरात राई यायोख्खा झापा सल्लाहकार समर राई, नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद भद्रपुरका अध्यक्ष शम्सेर तामाङ्, याक्थुङ मुनचइतका महासचिव बिक्रम वनेम फागो, याक्थुङ युवा मञ्चका केन्द्रीय अधयक्ष राजेन्द्र इधिङगो लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

किरात याक्थुङ चुम्लुङ ३५औं स्थापना दिवस समारोह संयोजक सेसेहाङ् फियाकको सभापतित्वमा सम्पन्न समारोहमा जेबि काम्बाङ्, लक्ष्मी तावा, आइन्द्र आङदेम्बे र गणेश÷रीता तेयुङलाई प्रमुख अतिथि केरूङले सम्मान गर्नुभएको थियो भने पूर्व सचिव स्व. अर्जुन इधिङ्गो र स्व. बीरहाङ लिम्बूलाई मरणोपरान्त सम्मान गरियो ।

नगर सदस्य धनपति माखिमको स्वागत मन्तव्यसँगै शुरु भएको कार्यक्रममा लोकप्रिय गायिका गंगा फियाक र याकथुङ स्टार फाइनलिष्ट दिलिप माखिमको बेजोड सागितिक प्रस्तुति रहेको थियो भने कियाचु नगर सचिव नरदीप योङहाङ र सदस्य अनुखा लिम्बूले कार्यक्रम सञ्चालन गरेका थिए ।

प्रकाशित मिति : १५ भाद्र २०८०, शुक्रबार  ९ : ४१ बजे