२ असार २०८२, सोमबार | Mon Jun 16 2025

पत्रकार केदेमलाई आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार



इलाम । आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार २०८० माङसेबुङ मासिकका उपसम्पादक ज्ञानु केदेम लिम्बुलाई प्रदान गरिएको छ । नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) को २४ औं स्थापना दिवसको अवसरमा इलाम शाखाले सोमबार इलाम सदरमुकाममा कार्यक्रमको आयोजना गरी केदेमलाई सम्मानसहित पुरस्कार प्रदान गरेको हो ।

फोनिजले स्थापना गरेको आदिवासी पुरस्कारको राशी नगद १० हजार रहेको छ । विगत डेढ दशकदेखि पत्रकारितामा क्रियाशील केदेम नेपाल पत्रकार महासंघ इलामका सहसचिव एवम् फोनिज प्रदेश १ का कार्यसमिति सदस्य हुन ।

कार्यक्रमका प्रमुख अतिथि इलाम नगरप्रमुख केदार थापा र प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोख्रेलले सम्मान पत्र, पुरस्कार रकमको चेकसहित दोशल्ला ओडाएर केदेमलाई सम्मान सहित पुरस्कृत गरेका थिए । यसअघि सो पुरस्कारबाट अग्रज पत्रकार सटेन्द्र जबेगू पुरस्कृत भईसकेका छन् । विगत डेढ दशकदेखि इलामे पत्रकारितामा क्रियाशील केदेम नेपाल पत्रकार महासंघ इलामका सहसचिव एवम् फोनिज प्रदेश १ का कार्यसमिति सदस्य हुन ।

प्रकाशित मिति : १९ भाद्र २०८०, मंगलबार  ४ : २७ बजे