६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

माङ्सेवासाबा धनकुटा पान्जुम्भोको पुनर्गठन, अध्यक्षमा लक्ष्मीप्रसाद तुम्बापो चयन



धनकुटा । किरात साम्यो माङ्सेवासाबा थुम धनकुटा पान्जुम्भोको पुनर्गठन गरिएको छ । शुक्रबार धनकुटास्थित सेवासाबाको भेलाले लक्ष्मीप्रसाद तुम्बापोको अध्यक्षतामा २७ सदस्यीय कार्य समिति चयन गरिएको छ ।

समितिको उपाध्यक्ष डा. सुक्र राज चेम्जोङ र सचीव धनबहादुर चेम्जोङ सह सचिव अर्जुन लिम्बू कोषाध्यक्ष नर बहादुर माङयक खेवा रहेका छन् ।
सदस्यहरुमा भक्त लिम्बू ,भिम तुम्सा ,नर जित माङ्यक खेवा ,मान प्रसाद लिम्बू , कुल बहादुर जबेगु , प्रेम प्रसाद मादेन खेवा लगायत २७ सदस्यीय गठन गरिएको छ ।

पान्जुम्भोका  अध्यक्ष रुसतम खजुमको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको प्रमुख अतिथि किरात साम्यो माङसेवासाबा मुजोत्लुङ पान्जुम्भोको सचिव सन्चहाङ सङ्बाहाङफे रहेको थियो । विशेष अतिथि पान्जुम्भोको कोषाध्यक्ष प्रकाश सावादेन लगायत विभिन्न संघसस्थाको प्रतिनिधिहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रकाशित मिति : १२ आश्विन २०८०, शुक्रबार  ३ : २२ बजे