३ माघ २०८१, बिहिबार | Thu Jan 16 2025

माङसेबुङ गाउँपालिकाले भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुलाई निस्सा वितरण गर्दै



माङसेबुङ । इलामको माङसेबुङ गाउँपालिकाले २ हजार ५ सय ८२ जना भूमिहिन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुलाई लालपुर्जा वितरण प्रक्रियाका लागि भूमिको निस्सा वितरण गर्ने भएको छ । लालपुर्जाको माग गर्दै निवेदन दिने मध्ये २४ जना भूमिहीन दलित, २ सय २८ जना भूमिहीन सुकुम्बासी र २ हजार ३ सय जना अव्यवस्थित बसोबासी रहेको माङसेबुङ गाउँपालिकाले जनाएको छ ।

पालिकाले जारी गरेको सूचना अनुसार ६ वटै वडामा आगामी १६ असोजदेखि वडागत रूपमा निस्सा वितरण कार्य सुरु गर्ने भएको हो । यसैगरी वडा नम्बर ६ मा १६ गते, ३ मा १७ गते, ५ मा १८ गते, ४ मा १९ गते, २ मा २५ गते र १ मा २६ गते निस्सा वितरण गर्ने गाउपालिकाले जनाएको छ  ।

निस्सा बुझिलिन सम्बन्धित व्यक्तिले आफ्नो नेपाली नागरिकताको प्रमाणपत्रसहित र सम्बन्धित व्यक्ति नभएमा घरको नाता खुल्ने कुनै व्यक्तिले सम्बन्धित वडा कार्यालयको सिफारिसमा आफ्नो परिचयपत्रसहित उपस्थित हुन गाउँपालिकाले अनुरोध गरेको छ ।

 

प्रकाशित मिति : १३ आश्विन २०८०, शनिबार  ४ : १९ बजे