७ कार्तिक २०८१, बुधबार | Thu Oct 24 2024

गायक यादन सेर्माको आवाजमा पालाम ‘लुङ्वामा’ सार्वजनिक



माङसेबुङ । रंगकर्मी तथा निर्देशक बिक्रम फागो वनेमको निर्देशामा गायक तथा संगीतकार यादन सेर्मा ‘नुनाम’को आवाजमा पालाम ‘लुङ्वामा’ सार्वजनिक गरिएको छ ।

सुवर्ण नेम्बाङ यम्बेको शव्द संकलन तथा यादन सेर्मा ‘नुनाम’कै लय संकलन रहेको पालम ‘लुङ्वामा’को भिडियो सार्वजनिक गरिएको हो ।

तिर्सना नेम्बाङ, गंगा फियाक, बिश्व नेम्बाङ, मञ्जु लावती, सृजना जबेगु र गंगा सिंजाङगो लिम्बूको समेत आवाज रहेको पालाममा मिना नेम्बाङ र एमके योङहाङले अभिनय गरेका छन् ।

मेखिममा आएका थाङबेनसँग धान नाँच्दा नाँच्दै माया बसेको प्रेमिल जोडीको कथा प्रस्तुत गरिएको पालाममा बि.बि. सेर्मा, इनिसा लावती, कृशला लावती र बिबेक केरुङले समेत अभिनय गरेका छन् ।

मनोज साङसोन राईको संगीत संयोजनमा किङ्ग स्टुडियोमा सुरेश राईले रेकर्ड गरेको गीतको मिक्सिङ तथा मास्टरिङ राजु कार्कीले गरेका हुन् ।

कृष्ण थलङको छायांकन, ड्रोन, सम्पादन तथा कलरमा ज्ञानु श्रेष्ठको मेकअप रहेको भिडियो गायक तथा संगीतकार यादन सेर्माको अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

पालाम हेर्नुहोस…

प्रकाशित मिति : १४ आश्विन २०८०, आइतबार  २ : ३४ बजे