४ असार २०८३, बिहिबार | Thu Jun 18 2026

कक्षा १२ को वार्षिक परीक्षा आगामी वैशाखमा



काठमाडौँ । कक्षा १२ को वार्षिक परीक्षा आगामी वैशाखमा सञ्चालन हुने भएको छ।

मंगलबार राष्ट्रिय परीक्षा बोर्डले वार्षिक कार्यतालिका सार्वजनिक गर्दै १२ को वार्षिक परीक्षा २०८१ को वैशाख पहिलो हप्तादेखि सञ्चालन गर्ने जनाएको हो।

 
परीक्षाफल २०८१ को साउन तेस्रो साताभित्र सार्वजनिक गर्ने बोर्डले जनाएको छ। परीक्षाफल प्रकाशन भएको ४५ दिनभित्रमा पूरक परीक्षा हुनेछ।

कक्षा ११ को परीक्षा २०८१ को जेठ पहिलो हप्तामा गर्नुपर्ने बोर्डले जनाएको छ। कक्षा ११ को रजिस्ट्रेसन फाराम पुस १५ गते खुला गरेर माघ १५ गतेसम्म भर्ने समयावधि तोकिएको छ।

कक्षा १२ का लागि भने परीक्षा फाराम पुस १ गते खुला गरी माघ १५ गतेभित्र भरेर अनलाइनमार्फत बुझाउनुपर्ने बोर्डले जनाएको छ।

प्रकाशित मिति : १६ आश्विन २०८०, मंगलबार  ४ : २७ बजे