१२ असार २०८१, मंगलबार | Tue Jun 25 2024

गीतकार संगीता आङ्थुपोको ‘आमा बाबा ‘ बोलको गीत सार्वजनिक (भिडियो सहित)



इलाम । गीतकार संगीता आङ्थुपोको वास्तविक जीवन कथामा आधारीत ‘आमा बाबा’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरीएको छ।

आङथुपोले आफ्ना दिवङ्गत आमा बाबा प्रति समर्पित गरि रचेको  मार्मिक गीतको शब्दमा  लोकप्रिय गायीका मेलिना राईले आवाज दिएकी छिन। गीतकार आङथुपोकै निर्माणमा बनेको उक्त म्युजिक भिडियो मंगलबार फालेलुङ युट्युब च्यानलबाट सार्वजनिक गरीएको हो ।

रंगकर्मी तथा नायिका सृजना सुब्बाको मुख्य अभिनय रहेको उक्त म्युजिक भिडियोमा रंगकर्मी चेतन आङ्थुपो ,संगीता लावती,राम कुमारी आङ्थुपो ,बिरु आङ्थुपोले अभिनयमा साथ दिएका छन्। अतिथि कलाकारमा राजकुमार आङ्देम्बे रहेको छ । त्यसैगरी बाल कलाकारहरु फुङमा राई,वरुम्फुङ योङ्हाङ,तान्छो लिम्बू,अपना लिम्बू,आन्छा लिम्बू,जुनु लिम्बू,आर्या लिम्बू रहेका छन्।

गायक तथा संगीतकार राजेन्द्र केरुङको संगीत रहेको गीतलाई निर्देशन बिक्रम फागो वनेम र सह निर्देशन दिनेश माङ्मुले गरेका छन्। किङ स्टुडीयोमा सुरेश राईले रेकर्डीङ गरेको गीतको संगीत संयोजनरमिक्सिङ,मास्टरीङ राजु कार्कीले गरेका हुन् । भने, सम्पादन र कलर अनिल कुमार महर्जनले गरेका छन । बुद्द थापाले छायांकन गरेको म्युजिक भिडियोमा पथरीशनिश्चरे,लाटीझोडा,उर्लाबारी,बिराटनगर लगायत विभिन्न स्थानमा छायांकन गरिएको छ।

पूरा भिडियो हेर्नुहोला

प्रकाशित मिति : ३० आश्विन २०८०, मंगलबार  २ : ४५ बजे