माङसेबुङ । इलामको सन्दकपुर ४ माबुस्थित किरात फाआप मिङ्सो माङहिमको बार्षिक साधारण सभासंगै सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरिएको छ । माङहिमको बुधबार सम्पन्न भएको साधरण सभाले धनप्रसाद साउदेनको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा नरबहादुर यङ्वागो सचिवमा बिबिहाङ साउदेन,सहसचिव नरेश राई , कोषाध्यक्ष दिल कुमारी मेयोङ्बा चयन गरिएको छ ।
यसैगरी सदस्यहरुमा जसबहादुर साउदेन ,दिपेन साउदेन ,रबिन राई ,मनकुमार फागो ,जुना थेबे ,बिरेन साउदेन ,भुपाल साउदेन,सुष्मा लिङ्देन ,दिलबहादुर साउदेन , अमृतमान साउदेन, कुलप्रसाद लिम्बू ,अम्बिका साउदेन रहेका छन् ।
कार्यक्रममा किरात फाआप मिङ्सो माङहिमको आ.ब २०७७/ ०७८ र आ.ब २०७८/ ०७९ गरि दुई आर्थिक बर्षको सार्वजनिक सुनुवाइसंगै केही महत्वपुर्ण निर्णयहरु पारित गरेको समितिले जनाएको छ ।