२ असार २०८२, सोमबार | Mon Jun 16 2025

माङसेबुङमा बजार अनुगमन, म्याद गुज्रिएका सामग्री नष्ट



माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिकाले चाडपर्वलाई लक्षित गरी बजार क्षेत्रको विभिन्न पसलहरु अनुगमन सुरु गरेको छ ।

शुक्रबार माङसेबुङ ३ र ५ का विभिन्न पसलहरुमा अनुगमन गरेको छ । गाउँपालिका उपाध्यक्ष एवम् अनुगमन समितिका संयोजक विनोदकुमार नेम्बाङको नेतृत्वमा पालिकाका कार्यपालिका सदस्य तथा प्रवक्ता सुसन राई, पालिकाका कर्मचारी लगायत प्रहरीहरुको उपस्थितिमा अनुगमन गरेको हो ।

 

अनुगमनका क्रममा कतिपय पसलहरुमा म्याद गुज्रिएको सामग्री पाइएकाले त्यस्ता सामग्रीहरु बरामद गरी नष्ट समेत गरिएको गाउँपालिका उपाध्यक्ष नेम्बाङले बताएका छन् । आम उपभोक्ताहरुको हितलाई ध्यान दिँदै आगामी समयमा पनि बजार अनुगमनलाई प्रभावकारी र नियमित रुपमा सञ्चालन गर्ने उपाध्यक्ष नेम्बाङको भनाई छ ।

प्रकाशित मिति : ३ कार्तिक २०८०, शुक्रबार  ४ : ४१ बजे