७ जेष्ठ २०८२, मंगलबार | Wed May 21 2025

कुवेतमा १३९ औं फाल्गुनन्द लिङदेनको जन्मजयन्ती मनाइने



किरात समाचारः कुवेतमा किरात धर्म दर्शनदाता, समाज सुधारक तथा राष्ट्रिय विभूति मुहिङगुम अङसीमाङ महागुरु फाल्गुनन्द लिङदेनको १३९ औं जन्मजयन्ती मनाइने भएको छ ।

माङ्सेबुङ सरोकार समाज कुवेतको आयोजनामा महागुरु फाल्गुनन्द लिङदेनलाई स्मरण गर्दै यस वर्ष कार्तिक २५ गते लाई स्वदेश विदेशमा भब्य रुपमा जन्मजयन्ती मनाउने क्रममा कुवेतमा १० नोनेम्भर २०२३ मा जन्मजयन्ती कार्यक्रम आयोजना गरिएको सचिव अनिषहाङ लाओतीले बताए ।

त्यस्तै कामदारको शिलशिलामा कुवेत गएका युवाहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न गरिने आयोजक समितिले बताएका छन् । कार्यक्रममा शुभकामना आदानप्रदान र सांस्कृतिक कार्यक्रम समेत गर्ने लाओतीको भनाई छ ।

कार्यक्रमका लागि विभिन्न विभागिय समिति गठन गरेका छन् ।
१. अतिथि व्यवस्थापन  र बोलाउने जिम्मेवारी अमित किराती
२. थाल ,गिलास ,चिसो ,पेय पथार्थ ,र पानी/सहयोग/अमित किराती
३, अचार ,व्यवस्थापन  जिम्मेवारी ,उर्मिला बुङ्छेङ राई र कमला तामाङ
४, खदाको जिम्मेवारी बिरेन्द्र सावदेन
५, दियो ,कलास, जिम्मेवारी ,बिरेन सावदेन
६, खानपिन व्यवस्थापन  जस्मा रोटी ,सहयोग एम.बि सावा ,बिरेन्द्र सावदेन
७, फोटो, तरकारी माला व्यवस्थापन  अनिश लाओती
८, ब्यानर को जिम्मेवारी कबिराज फियाक
९,फलफुल व्यवस्थापन ,बिरेन्द्र सावदेन एम. बि. सावा रहेका छन् ।

प्रकाशित मिति : १३ कार्तिक २०८०, सोमबार  ६ : २८ बजे