बिराटनगर । मोरङको बिराटनगर महानरपालिका वडा नं. ६ शनि मन्दिर चोकबाट १६ वर्षीय नाबालक नगद रु.२१ लाख ८७ हजारसहित प्रहरीले आज दिउँसो ३ बजे नियन्त्रणमा लिएको छ ।
बिशेष सूचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय, प्रादेशिक अनुसन्धान समूह (पीआईटी) र जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । निजको साथमा रहेको मोटर साइकल र कागजपत्रसमेत बरामद गरी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
कुमारी बैंक लिमिटेडको चेकबुक थान-१, NICASIA Bank को काटिएको चेक थान-१,ग्लोबल आईएमई बैक लिमिटेडमा विभिन्न मितिमा जम्मा गरिएको र प्रदेश १-०२-०४३ प ६२४१ नम्बरको १५० cc को पल्सर बाईक-१ थान बरामद गरेको हो ।
Sewaropost