इलाम : नेपालीहरुको महानपर्व दशैं सकिएको छ । दशैं सकिएसँगै अर्काे दोस्रो पर्व तिहार घर आँगनमा नै आइसकेको छ ।
दशैँ तिहार संगसगै इलाममा परम्परागत रुपमा खेलाइँदै आएको हाउजी (बिङ्गो) खेलले चर्चा पाउने गर्दछ । यो खेल दशैँको घटस्थापनादेखि तिहारको भाइटीकाको दिनसम्म खेलाइन्छ ।
हरेक साँझ बिङ्गो खेल्न इलामका मात्रै होइन जिल्ला बाहिरबाट पनि बिङ्गोको पारखी आइपुग्ने गर्देछन् जस्ले गर्दा साझमा इलामको रौनकले सदरमुकाम इलाम बजार धपक्कै बल्ने गरेको छ ।
बर्ष भरि जिल्ला छाडेर काम विशेषले अन्यत्र बस्नेहरु दशैँ तिहारको बेला जन्म थलो फर्कने गर्दछन् । घर फर्के सगै इलाममा खेलिने बिङ्गोमा सहभागी हुन्छन् । सदरमुकाममा खेलाइने बिङ्गो भेटघाटको राम्रो थलो पनि हुने गरेको छ । यहाँ यो खेल सामाजिक कार्यका लागि खेलाइने गरिन्छ । चरम द्वन्द्वको बेला समेत कहिल्यै स्थगित नभएको खेल यस वर्षपनि संचालनमा रहेको आयोजक संस्थाका प्रतिनिधि प्रकाश घिमिरेले बताए ।
Nayabulanda.com