माङसेबुङ : स्थगित रहेको निस्सा वितरण कार्यक्रम पुनः आजदेखि माङसेबुङ गाउँपालिका वडा नं. २ का ४ सय १७ जना भूमिहिन अव्यवस्थित बसोबासीहरुलाई जग्गा धनीपुर्जाको लागि निस्सा वितरण गरि सुरु गरेको छ ।
गाउँपालिकाले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको लगत प्रविष्टिको निस्सा वितरणमा ८ जना भूमिहीन दलित, ११ जना भूमिहिन सुकुम्बासी र ३ सय ९८ जना अव्यवस्थित बसोबासीहरुलाई निस्सा वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाको सूचना अनुसार विहीबार १६ गते वडा नं. १ मा शुक्रबार १७ गते वडा नं. ५ मा र शनिबार १८ गते वडा नं. ४ मा निस्सा वितरण गर्ने जनाएको छ ।
त्यस्तै गत १६ असोजमा वडा न ६ र वडा नं. ३ मा १७ गते निस्सा वितरण कार्यक्रम गरिसकिएको छ ।