माङसेबुङ । इलामको माङसेबुङ ५ स्थित प्रस्तावित आत्मानन्द रंगशालामा ‘प्रथम महागुरु फाल्गुनन्द कप २०८०’ फुटबल प्रतियोगिता सुरु हुने भएको छ ।
राष्ट्रिय बिभूति मुहिङगुम अङसीमाङ लिङदेन महागुरु फाल्गुनन्द १३९ औं जन्मजयन्तीको अवसरमा आत्मापवित्र खेलकुद समितिको सहकार्यमा युथ अफ माङसेबुङको आयोजनामा भोलि हुने उद्घाटन खेलमा आयोजक निलो र एल.एफ.सी लामिटार प्रतिस्पर्धा गर्दैछ । भने, दोस्रो खेलमा एन.वाई.सी. इलाम र झिल्के युवा समाजबीच खेल हुनेछ ।
प्रतियोगितामा आयोजक निलो, एल.एफ.सी लामिटार, माङसेबुङ ४, बिहानी क्लव दानाबारी, मिक्लाजुङ गाउँपालिका, चुक्चीनाम्बा एफ.सी., आशिस स्पोर्टिङ क्लव, फल्गुनन्द एफ.सी., एन.वाई.सी. इलाम, झिल्के युवा समाज, माङसेबुङ गाउँपालिका, युथ अफ माङसेबुङ, महमाई १, पि.वाई.सी, एकान्त युथ क्लव र एन.जे क्लव मझुवा गरि १६ टिमको सहभागिता रहेको आयोजकले जनाएको छ ।
विजेताले ट्रफीसहित नगद २० हजार १ सय ३९, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेता टिमले ट्रफीसहित नगद १० हजार १ सय ३९ रुपैयाँ मेडल र प्रमाणपत्र पाउने छन् ।
प्रतियोगिताको फाईनल खेल कातिक २५ गते हुनेछ ।