५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

किरात धार्मिक पर्व महागुरु फाल्गुनन्द जयन्ती कसरी मान्ने ?



किरात समाचार । बिसौ शताब्दीका महान समाज सुधार,किरात धर्म दर्शनदाता राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङ्देन १३९ औं जन्मजयन्ती भव्यताका साथ मनाइदैछ ।

किरात धार्मिक पर्व महागुरु फाल्गुनन्द जयन्ती मान्ने तरिका
व्यक्ति तथा परिवारको लागि कात्तिक २५ गते बिहान तान्छोवा (शुक्र तारा) उदाउन अघि नित्य सेवा सक्ने, ३ वटा दियो ३ वटा कलशसहित धुप बाली मुहिङगुम अङसीमाङ फाल्गुनन्द लिङ्देनको तस्वीर पूज्दै कुलाङताक्मा (चरण स्वागत) गर्ने र वहाँसँग माङवा हाङवा (धन धान्य, ज्ञान, बुद्धि विवेक र सिद्धि शक्ति) माग्ने।

लब्रेकुटी माङहिम

बिहान बालेको दियो दिनभर निभ्न नदिइ साँझ दीपावली गर्ने।
घरको परिवार भेला भई इच्छा अनुसारको विविध परिकार बनाई खाने, खुशियाली मनाउने, इष्टमित्र छरछिमेकलाई समेत बोलाई खाने, खुवाउने, शुभकामना आदान प्रदान गर्ने, वरिपरी छरछिमेक भेला भई माङसेवा साम्लो (स्तुती गान) गाउने, माङलाङ केलाङ तथा नाचगान गर्ने, मुहिङगुम अङसीमाङका माङइङघङ÷माङसिवाखाहुन (दिव्य धार्मिक उपदेश) सुन्ने, सुनाउने।

किरात धार्मिक संघसंस्थाको लागि
कात्तिक २४ गते विश्वशान्ति, मानव एकता तथा चराचर जगत प्राणीको रक्षाको लागि धार्मिक अनुष्ठान (साक्मुरा वादेम्मा र लाधुङसेमी सेवा) माङलाङ केलाङ गर्ने।
कात्तिक २५ गते मुहिङगुम अङसीमाङ फाल्गुनन्द लिङ्देन जन्मजयन्ती पर्वलाई औपचारिक कार्यक्रम गरी सम्पन्न गर्ने।
साँझ दीपावली गर्ने।

माङहिमको लागि
कात्तिक २४ गते विश्वशान्ति, मानव एकता तथा चराचर जगत प्राणीको रक्षाको लागि धार्मिक अनुष्ठान (साक्मुरा वादेम्मा र लाधुङसेमी सेवा) गर्ने।

कात्तिक २५ गते बिहान तान्छोवा (शुक्र तारा) उदाउन अघि नित्य सेवा सक्ने, ३ वटा दियो ३ वटा कलशसहित धुप बाली मुहिङगुम अङसीमाङको फोटो पूज्दै कुलाङताक्मा (चरण स्वागत) गरी वहाँसँग माङवा हाङवा (धन धान्य, ज्ञान, बुद्धि विवेक र सिद्धि शक्ति) माग्ने।

बिहान बालेको दियो दिनभर निभ्न नदिइ साँझ दीपावली गर्ने।
माङहिमको प्रमुख माङसेवासाबाले भक्तजनहरुलाई बोलाई प्रसाद वितरण गर्ने, मुहिङगुम अङसीमाङका माङइङघङ÷माङसिवाखाहुन (दिव्य धार्मिक उपदेश) सुनाउने, माङसेवा साम्लो (स्तुती गान) गाउने, माङलाङ केलाङ तथा नाचगान गर्ने।

प्रकाशित मिति : २२ कार्तिक २०८०, बुधबार  ४ : ५१ बजे