२ असार २०८२, सोमबार | Mon Jun 16 2025

साँगुरीगढी २ बुढीमोरङमा किरात धार्मिक प्रशिक्षण सम्पन्न



धनकुटा । किरात साम्यो माङसेवासावा थुम पान्जुम्भो धनकुटाको आयोजनामा  साँगुरीगढी गाउँपालिका वडा न. २, बुढीमोरङमा किरात धर्म दर्शन र कर्मकाण्डबारे एकदिने धार्मिक प्रशिक्षण कार्यक्रम बुधबार सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि किरात साम्यो माङसेवासावा मुजोत्लुङ पान्जुम्भोका सचिव सञ्च सङबाङफे , कोषाध्यक्ष प्रकाश सावदेनको बिशेष आतिथ्यमा सम्पन्न कार्यक्रममा विभिन्न संघसंस्थामा आवद्ध प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो ।

प्रशिक्षण कार्यक्रममा किरात साम्यो माङसेवासावा मुजोत्लुङ पान्जुम्भोका सचिव सञ्च सङबाङफे र कोषाध्यक्ष प्रकाश सावदेनले कार्यक्रममा उपस्थित सहभागीहरुलाई किरात कर्मकाण्ड ( खाजोङ )  र धर्म दर्शन सम्बन्धी प्रशिक्षण गरेका थिए ।

 

प्रकाशित मिति : २३ कार्तिक २०८०, बिहिबार  १० : ५७ बजे