किरात समाचार । झापाको शिवसताक्षी नगरपालिका ९ चिल्लागढधाम स्थित यही कातिक २५ गते हुने राष्ट्रिय विभूति मुहिङगुम अङसीमाङ महागुरु फाल्गुनन्द लिङ्देन १३९ औं जन्मजयन्ती समारोह कार्यक्रम स्थलको आज बिहिवार अनुगमन गरिएको छ ।

किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनको माङसवार हुने मूल समारोह कार्यक्रम स्थलको किरात चोत्लुङ मुहिङगुम अङ्सीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङ , सचिव शक्ति साम्बा, गुरु सुपुत्र नाम्बिङहाङ लिङ्देन, गुरु निजि सचीव टंक लिङ्देन, किरात साम्यो नालिफुङ्वा मुजोत्लुङ पान्जुम्भोका अध्यक्ष पृथीमान खालिङ राई , किरात साम्यो साक्थिम्गेन पान्जुम्भो अध्यक्ष साथै किरात धर्मका मिडिया प्रमुख ज्ञानु केदेम लगायतले अनुगमन गर्नुभएको थियो ।

यसैगरी पूर्व उपासभामुख शिवमाया तुम्बाहाङफे, शिवसताक्षी नगरपालिका प्रमुख मेघहाङ थोप्रा ( रोशन ) लगायत नगरका जनप्रतिनिधिहरुले समेत चिल्लागढधाममा हुने समारोह कार्यक्रम स्थल अनुगमन गरेका छन् ।
अङसीमाङ तथा अङसीमामाङको हस्तवाहुलीबाट नव निर्मित किरातेश्वर हाङसाम माङहिम उद्धघाटन एवं महागुरु फाल्गुनन्दको पुर्ण कदको शालिक अनावरण कार्यक्रम हुने शालिक निर्माण समिति संयोजक डिल्लीहाङ इङनामले जानकारी दिए ।