६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

अमेरिकाको विभिन्न प्रान्तमा महागुरु फाल्गुनन्द १३९ औं जन्मजयन्ती मनाइयो – Kiratsamachar



इलाम   संयुक्त राष्ट्र अमेरिकास्थित राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङदेनको १३९ औं जन्मजयन्ती भव्यताकासाथ  मनाईएको छ ।

अमेरिकाकाको विभिन्न प्रान्तहरुमा किरात धर्मावलम्बीहरुले कातिक २५  गते  november 11, 2023 मा महागुरु फाल्गुनन्द जन्मजयन्तीको पावन अवसरमा सेवा पूजा , शुभकामना आदानप्रदान , सास्कृतिक एवं  खेलकुद लगायत विविध कार्यक्रमको आयोजना  गरी महागुरु फाल्गुनन्द लिङ्देनको जन्मजयन्ती भव्यताकोसाथ मनाईएको हो ।

अमेरिकाको Akron, Ohio किरात धर्मावलम्बीहरु सेवा पूजा गर्दै

फाल्गुनन्द  जन्मजयन्ती अमेरिकाको  एक्रोन ओहियो (  Akron, Ohio ) , मा पनि मनाइएको छ । त्यस्तै टेनिसी (  Tennessee ) र कोलम्बस ओहियो  (Columbus, Ohio ) मा पनि महागुरु जयन्ती भव्यतापूर्वक मनाइएको छ ।

अमेरिकाको लुइस भिल्लामा फाल्गुनन्द १३९ औ जयन्ती 

त्यस्तै ह्यारिसबर्ग, पेन्सिलभेनिया (Harrisburg, Pennsylvania ) र  कोलोराडो ( Colorado) र  जर्जिया  ( Georgia ) मा पनि फाल्गुनन्द जयन्ती मनाइएको छ ।

kirat awaj
columbus, Ohio मा फाल्गुनन्द जयन्ती भजन प्रस्तुति गर्दै कलाकारहरु

त्यसैगरी  लुइसभिल्ला केन्टुकी ( Louisville, Kentucky ) त्यस्तै पिट्सबर्ग, पेन्सिलभेनिया) ( Pittsburgh, Pennsylvania ) लगायत विभिन्न प्रान्तहरुमा महागुरु फाल्गुनन्द १३९ औ जन्मजयन्ती कार्यक्रम  मनाइएको  छ ।

kiratawaj 

प्रकाशित मिति : २७ कार्तिक २०८०, सोमबार  ५ : ०४ बजे