१ असार २०८१, शुक्रबार | Sat Jun 15 2024

इलामको आमचोकमा महागुरु फाल्गुनन्द १३९ औं जन्मजयन्ती मनाइयो



फाकफोकथुम । किरात धर्म दर्शनदाता महान समाज सुधारक राष्ट्रिय विभूति मुहिङगुम अङ्सीमाङ महागुरु फाल्गुनन्द लिङदेन १३९ औ जन्मजयन्ती इलामको आमचोकमा मनाइएको छ ।

फाकफाेकथुमकाे केन्द्र आमचोक रातमाटेमा श्री सिद्ध किरात हाङसाम युमा माङहिममा महागुरु फाल्गुनन्दकाे जन्मजयन्ती भव्यताकासाथ मनाइएको हो ।
कार्यक्रमका प्रमुख अतिथि फाकफाेकथुम गाउँपालिका वडा नम्बर -३, का  अध्यक्ष दिपेन्द्र थेगिमले महाबत्तीमा दिपप्रज्वलन गरी कार्यक्रमको समुद्घघाटन गर्नुभएको थियो ।

उक्त कार्यक्रम श्री सिद्ध किरात हाङसाम युमा माङहिमका अध्यक्ष नगेन्द्र थेगिमको अध्यक्षतामा भएको थियोे । भने, कार्यक्रम माङहिम समितिका सचिव आइन्द्र थेगिमले सञ्चालन गरेको थियोे ।

प्रकाशित मिति : २७ कार्तिक २०८०, सोमबार  ११ : ३१ बजे