२३ बैशाख २०८१, आइतबार | Mon May 6 2024

मुहिङगुम अङसीमाङको माङगेन्ना नै सारा किरातको माङगेन्ना



विश्व किरातीहरूको आस्थाको रूपमा रहेको किरातीहरूको पवित्र स्थल माङसेबुङ इलाम जिल्ला माङसेबुङ गाउँपालिका वडा न. ५ मा पर्छ । यो पवित्र  स्थलले किरातीहरूको लोप हुन लागेको अस्तित्व र इतिहासलाई  पुनःउत्थान  गर्दै लैजाने गर्छ । जहाँ  प्रत्येक वर्ष माङगेन्ना सेवा र याक्वा सेवा भव्यताकोसाथ सम्पन्न हुन्छ ।

सम्पूर्ण मानव जगतलाई सत्यको झण्डामुनि गोलबन्द गराई संसारलाई शान्ति वातावरण सञ्चालन गर्ने विधा नै  धर्म हो। विश्वमा धेरैवटा धर्मग्रन्थहरू छन् ती ग्रन्थहरूमध्ये सबै भन्दा प्राचीन पहिलो ग्रन्थ किरात साम्जीक मुन्धुम हो। यो ग्रन्थमा रहेको एउटा माङगेन्ना हो । यो सेवाको  विधि प्राय : सबै मानवले पालना गरी व्यवहारमा प्रयोग गर्दा केही वाघा अवरोध खडा हुँदैन। किनकि, मुन्धुम र धर्म  धर्म कहिले पनि साम्प्रदायिक हुदैन।

किरात साम्जीक मुन्धुममा उल्लेख भए अनुसार मानिसको भौतिक शरीराभित्र  रहेको आध्यात्मिक ज्ञानलाई फूल झै  जगजगी राखी कहिल्यै ओइलिन नदिनु हो। यो सेवा युवा अवस्थामा केही बढी मात्रामा गर्नुपर्छ। किनकि युवा अवस्थामा धेरै कार्यमा सलग्न रहनुपर्छ । धेरै  अनावश्यक विधाबाट बच्नुपर्छ ।  त्यो अवस्थामा यो मुन्धुम  प्रयोग गर्दा आध्यात्मिक रूपमा युवायुवती फूलजस्तो जगजगी भई सबै अवरोधबाट संरक्षित हुन सकोस भन्ने हो । माङगेन्ना साधरण पवित्र   पवित्र स्वच्छ फूल दियो कलश चामलवाट गर्ने गरिन्छ ।

                              रानीटारे साइला

विगतमा किरातीहरुको माङगेना , शिर लड्न आटेको थियो त्यो  शिर उठाउनको लागि माङको अनुकम्पाले प्रमुख कर्तव्य ठानेर  मुहिङगुम असीमाङ आत्मानन्द लिङदेन आउनु भएको छ । माङगेन्ना उठाउदा सबैभन्दा पहिला आफनो उठाएर उदाहरणीय हुनुपर्छ। सबैको शिर उठाउँदा पहिला आफ्नो उठाउन पर्छ ।  यो विधि विधान स्वयं योगाभ्यास,समाधी ज्ञानवाट अर्थात् अध्यात्मवाट नै  प्राप्त गर्नु भएको हो। गुरु आत्मानन्दलाई बुझ्न, चिन्न चाहनेले अन्तराअत्माबाट नै ज्ञानले चिन्ने गर्नुपर्छ ।

मानिसको सुकोमल भौतिक शरीर सञ्चालन गर्न मुटुविना हुँदैन ।  मुटुको संरक्षण गरेर बाच्न अनि जीउन सकियो भने अरु अंग सजिलै सन्चालन हुन सक्छ । त्यस्तै लाखौं  किरातीहरुको मुटुको रूपमा रहेको मुहिङगुम अङसीमाङ आत्मानन्दको संरक्षण नपुगी अरुको बाच्ने आधार बनाउन औचित्यविहिन हुन पुग्छ ।  अस्तित्व बचाउनको खातिर पहिले मुटु नै बचाउनु अनि संरक्षण पुर्याउनु पर्छ । तत्पश्चात अरु स्वाभावैले बाच्न र संरक्षित हुन सक्छ ।

मुहिङगुम अङसीमाङ आत्मानन्द लिङ्देन सेइङ को प्रत्येक बर्ष मंसिर १८ गते लाखौ किरातीहरुको प्रत्यक्ष एवं अप्रत्यक्ष आगनमा माङगेन्ना शिर इठाइन्छ । वहाँको माङगेन्ना शिर उठाउनु नै, उठनु नै  सम्पूर्ण श्रदालु भक्तजनहरुको शिर उठी सेवा पूरा हुनु हो । सम्भवत : यो परिवेषमा एक अजम्बरी फूलको बिरुवा उम्रेको जस्तो ठान्नु पर्छ । किनकि , फूलको एकदिन बास्ना छराई छोड्नेछ । विश्वमा एउटा अनौठो कोशेढुङगाको रूपमा यही माङसेबुङबाट चिनाउने आधार बन्नेछ । सबैले सेवा गरौं , माङगेन्ना  शिर उठाऔ , किरातीहरु अन्धकारमा नबसौ , आफ्नै जन्म जननीलाई चिनौ ।

किरात समाचार बाट साभार

२०७४ मंसिर अंक , आत्मानन्द लिङ्देन विशेष

प्रकाशित मिति : १ मंसिर २०८०, शुक्रबार  ५ : ४२ बजे