इलाम । मेचि राजमार्ग अन्तरगत इलामको रोङ गाउँपालिकाको कोल्बुङमा सवारी दुर्घटना हुँदा ३६ जना घाइते भएका छन् भने करिव १० बर्षीय बालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
आइतबार साँझ ५ बजे जनकपुरबाट कन्याम घुम्न आएको ना ६ ख ८४२४ नम्बरको बस फर्किएर झापा तर्फ जाँदै गर्दा राजमार्गबाट तीन सय मितटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
३७ जना सवार बसलाई तत्काल जिल्ला प्रहरी कार्यालय इलामबाट प्रहरी नायव उपरिक्षकको टोली र इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरीक्षकको टोली घटना स्थल पुगी ३६ जना घाईतेलाई उद्धार गरी उपचारको लागी झापा तर्फ पठाईएको छ ।
घाईते मध्ये केहीको अवस्था गम्भीर रहेको जनाइएको छ । दुर्घटनामा मृत्यु हुँने र घाईतेको पहिचान खुल्न बाँकी छ ।