२४ मंसिर २०८१, सोमबार | Mon Dec 9 2024

अमेरिकाका धर्मावलम्बी र किरात धार्मिक सस्थाको प्रतिनिधिबीच भेटघाट



इलाम । संयुक्त राज्य अमेरिकाको विभिन्न प्रान्तहरुबाट माङसेबुङ भ्रमणको लागि आएका किरात धर्मावलम्बी र किरात धार्मिक केन्द्रीय संस्थाका प्रतिनिधिहरुबीच कार्यक्रमको आयोजना गरि  भेटघाट गरिएको छ ।

आइतबार इलामको माङसेबुङ ५ अवस्थित किरात निसामहिम मुन्धुमशालाको सभाहलमा अमेरिकाबाट माङसेबुङ भ्रमण २०२३, मा आएका किरात धर्मावलम्बीहरुको अमेरिकास्थित केन्द्रीय संस्था केसिओए का प्रतिनिधिबीच भेटघाट गरिएको हो ।

उक्त कार्यक्रममा किरात धर्म तथा साहित्य उत्थान संघ , किरात चोत्लुङ मुहिङ्गुम अङ्सीमाङगेन्ना सेवा अध्यक्ष केहेरसिं योङहाङले किरात धार्मिक सस्थाको तर्फबाट माङसेबुङ भ्रमणमा आएका  ८२ जना किरात धर्मावलम्बीहरुलाई खदा अर्पण गरि स्वागत सम्मान गर्नुभएको थियो ।

कार्यक्रममा, किरात धर्म तथा साहित्य उथान संघका अध्यक्ष डकेन्द्रसिं थेगिम, किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेना सेवा  अध्यक्ष केहेरसिं योङहाङ , उपाध्यक्ष होम लिङ्देन , सहकोषाध्यक्ष लक्ष्यबहादुर लिङ्देन, गुरु निजी आश्रम कृषि समितिका अध्यक्ष टिकाराम केरुङ, किरात साम्यो नालिओहुङ्वा मुजोत्लुङ पान्जुम्भो अध्यक्ष पृतिमाङ खालिङ , साक्थिम्गेन अध्यक्ष ज्ञानु केदेम , आत्मा पवित्र हक्चात यक्चुम अध्यक्ष मनकुमार आङबुहाङ , माङसेवासाबा पान्जुम्भो अध्यक्ष बलराम खजुम लगायतको उपस्थिति रहेको थियो ।

भेटघाट कार्यक्रममा अमेरिकाका ३६ ओटा राज्यका प्रतिनिधि र भक्तजनहरु र माङसेबुङ भ्रमण २०२३ का संयोजक सुकमान सुहाङ, किरात कम्युनिटी अर्गनाइसेनका अमेरिकाका अध्यक्ष राजु इधिङगो, डिजे खालिङ र डा. नरेश लाओतीले अमेरिकाकाको केन्द्रीय संगठन केसिओएको भावी योजना र गतिविधिहरु समेत प्रष्ट रूपमा राखेका थिए ।

प्रकाशित मिति : १० मंसिर २०८०, आइतबार  ६ : १२ बजे