१० माघ २०८१, बिहिबार | Thu Jan 23 2025

ताप्लेजुङमा पक्राउ परेको कार्यकर्ता रिहाइको माग गर्दै पहिचानवादीले गरे मेची राजमार्ग बन्द



इलाम । प्रदेश नम्बर १ पुनः  नमाकरण संयुक्त संघर्ष समितिले मेची राजमार्ग बन्द गरेको छ।

ताप्लेजुङ आएका एमाले सचिव तथा प्रतिनिधिसभा सदस्य योगेश भट्टराईलाई कालो झण्डा देखाउनुका साथै गाडी तोडफोड गरेको अभियोगमा प्रहरीले पक्राउ गरेका २ जना पहिचानवादी कार्यकर्ता विविन कन्दङवा र आनन्द काङ्लिवालाई झुटो आरोप लगाएर मंसिर ११ गते पक्राउ गरेको छ ।

पहिचानवादीहरुले ताप्लेजुङमा पक्राउ परेका आफ्ना कार्यकर्तालाई बिना सर्त छोड्नु पर्ने माग राख्दै मंसिर १२ गते बन्दको घोषण गरेको हो ।

पाँचथरको सदरमुकाम फिदिममा विभिन्न चोकमा कालो झन्डा बोकेर बन्दको घोषण गर्दै बसेको छ। सदरमुकाम देखी ताप्लेजुङ जाने सबै गाडीहरू रोक्दै मान्छे ओराल्ने उनीहरुको भनाई छ। जबर्जस्ती गरे मान्छे र गाडी जलाउने समेत पहिचानवादी नुनाम केरुङले बताए।

तमोर करिडोर हुँदै ताप्लेजुङ जाने बाटो बन्द गर्ने भएको छ। ताप्लेजुङमा दुइजना पक्राउ परेको विना सर्त नछुटाए सम्म अनिश्चितकालीन बन्द हुने केरुङले बताए। आज सम्म शान्तिपूर्ण आन्दोलन हुने र आफ्नो मान्छेलाई नछोडे भोलि देखि सरकारी कार्यलयहरु सबै बन्द गर्ने पहिचानवादीहरुको भनाइ रहेको छ।

तस्वीर : drishya online

प्रकाशित मिति : १२ मंसिर २०८०, मंगलबार  ६ : १० बजे