१ मंसिर २०८२, आइतबार | Sun Nov 16 2025

आत्मानन्द कप भलिबलको तालिका सार्वजनिक



माङसेबुङ । आत्मानन्द कप भलिबल प्रतियोगिताको खेल तालिका सार्वजजिक गरिएको छ । बुधबार माङसेबुङ ५, स्थित प्रस्तावित आत्मानन्द रंगशालामा आत्मा पवित्र हक्चात यक्चुमद्धारा आयोजित पत्रकार सम्मेलनमा खेल सार्वजनिक गरिएको हो ।

 

मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ ७० औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन नुमाङगेन्ना महान सेवा समारोहको अवसरमा  यस बर्षदेखि भलिबल प्रतियोगिताको समेत आयोजना गरिएको आत्मा पवित्र हक्चात यक्चुमका अध्यक्ष मनकुमार आङबुहाङले पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।

खेल तालिका अनुसार भोलि बिहिबार हुने उद्घाटन खेलमा  माङसेबुङ गाउँपालिका इलाम र बेलडाँगी भलिबल क्लव झापाबीच हुनेछ ।

प्रतियोगितामा ८ टिमको सहभागिता रहेको छ ।  माङसेबुङ गाउँपालिका इलाम, बेलडागी भलिबल क्लव झापा, त्रिबेनी युवा क्लव पान्थर, सिमाना युवा क्लव मोरङ, बारदशी गाउँपालिका झापा, मिक्लाजुङ गाउँपालिका पान्थर, फुङनाम स्पोर्टस् क्लव इलाम र भद्रपुर नगरपालिका झापाको सहभागिता रहेको छ ।

 

भलिबल प्रतियोगिताको बिजेताले ट्रफीसहित नगद ७० हजार १ सय ७०, मेडल र प्रमाणपत्र पाउने छन् भने उपविजेताले ट्रफीसहित नगद ३५ हजार १ सय ७०, मेडल र प्रमाणपत्र पाउने छन् ।

 

प्रकाशित मिति : १३ मंसिर २०८०, बुधबार  २ : ५४ बजे