माङसेबुङः अमेरिकाबाट माङसेबुङ भ्रमणका लागि किरात धर्मावलम्बी भक्तजनहरुले झापाको दमकस्थित किरात माङपोक्लुङ माङहिममा किरात धार्मिक प्रशिक्षणको आयोजना गरेको छ।
किरात कम्युनिटी अर्गनाइजेसन अफ अमेरिकाको आयोजनामा बुधबार किरात धार्मिक प्रशिक्षण सम्पन्न भएको छ।
प्रशिक्षणका लागि सहजकर्ता किरात धर्मका तुम सेवासाबा तेजबहादुर थलङ रहनु भएको थियो । थलङले किरात धर्मको कर्म संस्कार अनुसार जन्म, विवाह र मृत्युमा गरिने संस्कारबारे प्रशिक्षण गर्नुभयो ।
कार्यक्रममा महागुरु फाल्गुनन्द स्मृति प्रनिष्ठान जिल्ला शाखा झापाले भुटानी शिबिरमा रहदाका बेला किरात धर्ममा योगदान गरेकालाई सम्मान गरेको थियो ।
अमेरिकाको माङसेवासाबा प्रमुख के के सोङमेनको अध्यक्षतामा भएको प्रशिक्षण कार्यक्रममा किरात साम्यो माङसेवासाबा मुजो्त्लुङ पान्जुम्भोका अध्यक्ष बलराम खजुम, किरात कम्युनिटी अर्गनाइसेजन अमेरिकाका सल्लाहकार डिजे खालिङ, शिबिरका भिम गुरुङले मन्तव्य राखेका थिए ।
यस्तै किरात कम्युनिटि अर्गनाइजेसन अफ अमेरिकाले नेपालको बेल्डागीमा रहेर किरात धर्ममा योगदान गर्ने र तुम सेवासाबा थलङलाई सम्मान गरेको थियो ।
कार्यक्रममा अमेरिकाको २६ ओटा राज्य प्रतिनिधि, बेल्डागी शिबिरका प्रतिनिधि लगागतको बृहत भेला भएको थियो ।
संस्थाको नेतृत्वमा १ सयभन्दा बढी भक्तजनहरु माङ्सेबुङ भ्रमण र दर्शन गर्न आएका छन्। यश अवसरमा गत मंसिर ८ गते माङसेबुङ ५ स्थित निजी गुरुआश्रम लारुम्बा पुगेर किरात धर्मगुरु लिङ्देन आत्मानन्द सेइङ तथा गुरुआमा साँबा पवित्रहाङमा लिङ्देनको दर्शन गर्नुका साथै विभिन्न धार्मिक तथा सामाजिक संस्थाहरु सँग अन्तरक्रिया र भेटघाट कार्यक्रम, झापाको दमकस्थित किरात माङपोक्लुङ माङहिममा भव्य सेवाको आयोजना गरिसकेका छन् ।



