२३ बैशाख २०८१, आइतबार | Mon May 6 2024

किरात लिम्बू भाषा घोषणा बार्षिक उत्सव मनाइयो



माङसेबुङ ।  माङसेबुङ गाउँपालिकाले लिम्बू भाषालाई कामकाजी भाषा  कार्यन्वयनको रूपमा अघि बढाइने माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त माक्रीहाङ राईले  बताएका छन् । उनले भने , ” गाउँसभाले पास गरिसकेको हुनाले कार्यन्वयन गराउने दिशातर्फ अगाडि बढाइनेछ ।”

इलामको माङ्सेबुङ  ५ स्थित किरात लिम्बू भाषा सरकारी कामकाजी भाषा घोषणा भएको ऐतिहासिक दिनकोे अवसरमा आयोजित बार्षिक उत्सव कार्यक्रममा मन्तव्य राख्ने क्रममा सो कुरा बताएका हुन्  ।

माङ्सेबुङ गाउँपालिका वडा नम्बर ५ को आयोजनामा गुरुनिजि आश्रम लारुम्बामा आज बुधबार  माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईको प्रमुख आतिथ्यमा  विविध कार्यक्रमबीच बार्षिक उत्सव मनाइएको हो ।

कार्यक्रममा लेखिका भिमा खजुम , किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समिति अध्यक्ष केहेरसिं योङहाङ र माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राइले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राई , माङसेबुङ ४ न. वडाध्यक्ष नविन योङहाङ , किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समिति अध्यक्ष केहेरसिं योङहाङ, उपाध्यक्ष होम लिङ्देन , किरात धर्म तथा साहित्य उत्थान संघ उपाध्यक्ष दुध बहादुर लाओती, माङगेन्ना सेवा समिति सचीव शक्ति सांबा,  प्रअ  कल्पना लिङ्देन पन्धाक , किरात साम्यो माङसेवासाबा पान्जुम्भो सचिव सन्चहाङ सम्बाहाङफे , माङगेन्ना सेवाको पूर्व सचीव नन्दकुमार नेम्वाङ , लेखिका भिमा खजुम लगायतको उपस्थिति रहेको थियो ।

किरात लिम्बू भाषालाई सरकारी कामकाजी भाषा घोषणा गरेको ऐतिहासिक मंसिर १३ गतेका दिन प्रत्येक बर्ष हर्षोउल्लासका साथ वार्षिक उत्सवको रुपमा मनाउदै आएको दोभासे कर्मचारी लिम्बूले बताए ।

माङसेबुङ ५ नम्बर वडाको १५ वटै टोलहरुमा साँझ दिप प्रज्वलन कार्यक्रम समेत गरिएको समितिले जनाएको छ ।

मझुवा टोल
मिक्तोक्ला टोल

रुपाङगे,मझुवा र नेनेदेन टोल

प्रकाशित मिति : १३ मंसिर २०८०, बुधबार  ५ : ३२ बजे