७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

बिराटनगरले जित्यो आत्मानन्द कप भलिबलको उपाधी



माङसेबुङ । आत्मानन्द कप भलिबल प्रतियोगिताको उपाधि केपीसी बिराटनगर मोरङले जितेको छ ।

आज शनिबार भएको फाइनल खेलमा भद्रपुर नगरपालिका झापालाई ३–१ को सेटमा हराउँदै बिराटनगरले उपाधि जितेको हो ।

माङसेबुङ ५, स्थित आत्मानन्द खेल मैदानमा भएको खेलमा पहिलो सेट २५–१९ ले जित्दै भद्रपुरले १–० को अग्रता बनाएको थियो । तर दोस्रो सेट भने बिराटनगरले २६–२४ ले जित्दै खेल १–१ को बराबरीमा फर्काएको थियो ।

तेस्रो सेट बिराटनगरले २७–२५ ले जित्दै २–१ को अग्रता बनाएको खेलमा चौथो सेट भने २५–१६ ले जित्दै समग्रमा ३–१ को सेटमा उपाधि जितेको हो ।

जित सँगै बिराटनगरले ट्रफीसहित नगद ७० हजार १ सय ७०, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । भने उपविजेता बनेको भद्रपुरले ट्रफीसहित नगद ३५ हजार १ सय ७०, मेडल र प्रमाणपत्रमा चित्त बुझाउनु पर्यो ।

यसैगरि प्रतियोगिताको उत्कृष्ट सेटर बिराटनगरका बिशाल राई, उत्कृष्ट ब्लकर भद्रपुरका अनिश निरौला, उत्कृष्ट लिवेरो बिराटनगरका युगल मगर र उत्कृष्ट स्पाईकर भद्रपुरका धनु श्रेष्ठ घोषित भएका छन् । बिभिन्न बिधाका उत्कृष्ट खेलाडीहरुलाई नगद पुरस्कार सहित मेडल र प्रमाण प्राप्त गरेका छन् ।

बिजेता तथा उपबिजेता टिमलाई मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ ७० औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन नुमाङगेन्ना महान सेवा समारोहका अध्यक्ष तथा किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवाका अध्यक्ष केहेरसिं योङहाङ र उपाध्यक्ष होम लिङदेनले पुरस्कार बितरण गरेका थिए ।

भलिबल संघ प्रदेश १ को प्राविधिक सहयोगमा सञ्चालन हुने प्रतियोगितामा माङसेबुङ गाउँपालिकाको कार्यलयको खेलकुद बिकास एवम् प्रवद्र्धन र गुरु निजी आश्रम निजी सचिवालयको बिशेष सहयोग रहेको थियो ।

मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ ७० औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन नुमाङगेन्ना महान सेवा समारोहको अवसरमा आत्मानन्द कप अन्तरगत यस बर्ष भलबल प्रतियोगिताको समेत आयोना गरिएको खेलकुद कार्यक्रमका संयोजक तथा आत्मा पवित्र हक्चात यक्चुमका अध्यक्ष मनकुमार आङबुहाङले पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।

प्रकाशित मिति : १६ मंसिर २०८०, शनिबार  ३ : ४२ बजे