१६ कार्तिक २०८२, शनिबार | Sat Nov 1 2025

हाङचोत्लुङ माङखिममा लाधुङसेमी सेवा सम्पन्न (तस्बीर)



माङसेबुङ : अमेरिकाबाट माङसेबुङ भ्रमणका लागि किरात धर्मावलम्बी भक्तजनहरुलाई स्वागत गर्दै,पथरीशनिश्चरे मोरङस्थित किरात हाङचोत्लुङ माङखिममा लाधुङसेमी सम्पन्न गरेको छ।

किरात कम्युनिटी अर्गनाइजेसन अफ अमेरिकाको सदस्य तथा पदाधिकारीलाई स्वागत तथा, सम्मान कार्यक्रमको आयोजना गर्दै शनिबार लाधुङसेमी सेवा सम्पन्न भएको हो ।

यसअघि मङ्सिर १२ गते किरात माङपोक्लुङ माङ्हिममा लाधुङसेमी सेवा र धार्मिक प्रशिक्षण, सम्मान लगायत मंसिर ९ गते झापाको माइधार स्थित दोमुखामा साक्मुरा वदेम्मा, मंसिर ८ गते किरात धर्मगुरु लिङ्देन आत्मानन्द सेइङ तथा गुरुआमा साँबा पवित्रहाङमा लिङ्देन ज्युको दर्शन गर्नुका साथै विभिन्न धार्मिक तथा सामाजिक संस्थाहरु सँग अन्तरक्रिया र भेटघाट कार्यक्रम गरिरहेका छन् ।

सेवा कार्यक्रममा किरात धर्मका तुम माङसेवासाबा तेजबहादुर थलङको समेत उपस्थितिमा सेवा पश्चात शनिबार किरात धार्मिक प्रशिक्षणको आयोजना गरिएको माङ्सेबुङ भ्रमण २०२३ का संयोजक सुकमान सुहाङले बताउनुभयो ।

संस्थाको नेतृत्वमा १ सयभन्दा बढी भक्तजनहरु माङ्सेबुङ भ्रमण र दर्शन गर्न आएका छन् ।

प्रकाशित मिति : १६ मंसिर २०८०, शनिबार  ४ : १८ बजे