२८ असार २०८२, शनिबार | Sun Jul 13 2025

आत्मानन्द कप फाइनलमा आज माङसेबुङ र तिजोक पाँचथर भिड्दै



माङसेबुङ । आत्मानन्द कप फुटबल प्रतियोगिताको उपाधिका लागि आज (आइतबार) माङसेबुङ गाउँपालिका इलाम र तिजोक युवा क्लब पाँचथर प्रतिस्पर्धा गर्दैछन् ।

इलामको माङसेबुङ ५, स्थित प्रस्तावित आत्मानन्द रंगशालामा हुने आजको फाइनल खेलमा माङसेबुङ र तिजोक पाँचथर उपाधीको लागि भिड्ने भएको हो  ।

यसअघि माङसेबुङ गाउँपालिकाले सिरजिसंगा स्पोर्टिङ क्बल मोरङलाई २–० को अन्तरमा हराउँदै फाइनलको यात्रा तय गरेको थियो भने तिजोक पाँचथरले पाहुना टोली एमएफसी दार्जिलिङ भारतलाई ३–० ले हराउँदै माङसेबुङसँग भेट पक्का गरेको थियो ।

१६ औं संस्करणको फाईनल खेल अपरान्ह साढे दूई बजेदेखि सुरु हुनेछ ।

प्रतियोगिताको विजेता टिमले नगद ३ लाख ११ हजार १ सय ७० रुपैयाँ र उपविजेता टिमले नगद २ लाख ५ हजार १ सय ७० रुपैयाँ सहित ट्रफी र प्रमाणपत्र पाउनेछन् ।

त्यस्तै सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट स्ट्राइगर, उत्कृष्ट मिडफिल्डर, उदयमान खेलाडी, अनुशासित खेलाडी, बेस्ट कोच समेतले नगद पुरस्कार पाउनेछन् ।

मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ ७० औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन नुमाङगेन्ना महान सेवा समारोहको अवसरमा अवसरमा आत्मा पवित्र हक्चात यक्चुमको आयोजनामा ८ मंसिरदेखि संचालित प्रतियोगितामा नेपाल, भारत र भुटानका ८ टिमको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : १७ मंसिर २०८०, आइतबार  ४ : ४४ बजे