माङसेबुङ : किरात कम्युनिटी अर्गनाइजेसन अफ अमेरिकाले नेपालको किरात धार्मिक सस्थाका प्रतिनिधिहरुलाई माङसेबुङ ५ स्थित निसामहिममा कार्यक्रमको आयोजना गरी गत साता मंगलबार मायाको चिनो प्रदान गरेको छ ।
अमेरिकाबाट माङसेबुङ भ्रमण २०२३ का लागि नेपाल आएका किरात धर्मावलम्बी भक्तजनहरुको व्यापक सहभागितामा किरात कम्युनिटी अर्गनाइजेसनले किरात मुन्धमशाला निसामहिमको हलमा मंसिर १० गते धार्मिक तथा सामाजिक संस्थाहरु सँग अन्तरक्रिया र भेटघाट कार्यक्रम गरेको थियो । उक्त कार्यक्रममा उपस्थित भएका नेपालको धार्मिक सस्थाको प्रतिनिधि र सन्चारकर्मीहरुलाई संगठनको तर्फबाट मायाको चिनो प्रदान गरेका हुन् ।
सो कार्यक्रममा किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा अध्यक्ष केहेरसिं योङहाङ , किरात धर्म तथा साहित्य उत्थान संघ अध्यक्ष डकेन्द्रसिंह थेगिम र गुरुआमाज्युको मामा जोगदिल साम्सोहाङलाई दोसल्ला ओढाएर सम्मानसहित मिक्तोक प्रदान गरेका हुन् ।
त्यस्तै किरात साम्यो माङसेवासाबा मुजोत्लुङ पान्जुम्भोका बलराम खजुम, किरात साम्यो नालिफुङ्वा मुजोत्लुङ पान्जुम्भो पृथिमान खालिङ , आत्मा पवित्र हक्चात यक्चुम मनकुमार लिम्बू , किरात साम्यो सुनुगेन थक्सुबा पान्जुम्भो केसरसिं लिम्बू , गुरुनिजि कृषि समिति टीकाराम केरुङ ,किरात साम्यो थामेन्दिङमा पान्जुम्भो सरुहाङमा सेलिङ, किरात साम्यो साक्थिम्गेन पान्जुम्भोका अध्यक्ष ज्ञानु केदेम, लेखक भगिहाङ नेम्वाङ (रानिटारे साइला) पूर्व गुरुनिजि सचीव माङमिङसोहाङ लिङ्देन, कर्ण थेबे र सञ्चारकर्मीद्वय सुमन लाओती र योगेश लाओती लगायत धार्मिक संस्थाका प्रतिनिधिहरुलाई मायाको चिनो प्रदान गरिएको किरात कम्युनिटीका अध्यक्ष राजु इधिङगोले बताए ।
यसअघि मंसिर ८ गते किरात धर्मगुरु लिङ्देन आत्मानन्द सेइङ तथा गुरुआमा साँबा पवित्रहाङमा लिङ्देनज्युहरुसंग भेटदर्शन, मंसिर ९ गते झापाको माइधार स्थित दोमुखामा साक्मुरा वदेम्मा, मङ्सिर १२ गते किरात माङपोक्लुङ माङ्हिममा लाधुङसेमी सेवा र धार्मिक प्रशिक्षण, सम्मान कार्यक्रम गर्नुका साथै विभिन्न धार्मिक तथा सामाजिक संस्थाहरु सँग अन्तरक्रिया र भेटघाट कार्यक्रम गरे ।
किरात कम्युनिटी अर्गनाइजेसन अमेरिकाको संयोजन्मा माङसेबुङ भ्रमण २०२३ का लागि अमेरिका निवासी किरात धर्मावलम्बी भक्तजनहरु संस्थाको नेतृत्वमा १ सयभन्दा बढी माङ्सेबुङ भ्रमण र दर्शन गर्न आएका थिए ।