४ असार २०८३, बिहिबार | Thu Jun 18 2026

पान्थरमा १ हजार १११ सदस्यीय पहिचानका लागि युवा दस्ता घोषणा हुँदै



पान्थर। प्रदेश नं.१ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले पान्थरको फेदेनमा भोलि (बुधबार) एक हजार १ सय ११ सदस्यीय पहिचानका लागि युवा दस्ता घोषणा गर्ने जनाएको छ ।

मंगलबार फेदेनमा पत्रकार सम्मेलन गर्दै संघर्ष समितिले युवा दस्ता घोषणाको तयारी पूरा भएको जनाएको हो।

प्रदेशको नाम ‘कोशी’ नामाङ्कन गर पहिचान र सभ्यताको आधारमा पुनः नामकरण गरिनुपर्ने माग सहित आन्दोलित बनेको संघर्ष समितिले प्रदेशका १४ वटै जिल्लामा युवा दस्ता गठन गर्ने कार्यक्रम अन्तर्गत पाँचथरमा पनि घोषणा गर्न लागिएको जनाइएको छ।

संघर्ष समितिले मंसिर २८ गते हिलिहाङ गाउँपालिकाको चतुरे, जोरपोखरी, गोपेटार र याङवरक गाउँपालिकाको थर्पु र च्याङथापु बजार लगायतका क्षेत्रमा मसाल जुलुल निकाल्ने समेत संघर्ष समितिका संयोजक सुवाश तुम्बापो ‘काङ्सोरे’ले बताए।

प्रकाशित मिति : २६ मंसिर २०८०, मंगलबार  १ : २७ बजे