७ असार २०८२, शनिबार | Sun Jun 22 2025

माङसेबुङ सहकारीको १८ औं वार्षिक साधरणसभा सम्पन्न



माङ्सेबुङ । माङसेबुङ कृषि बहुउद्देशीय सहकारी संस्थाको १८ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

शनिबार माङसेबुङ ५ स्थित  सामुदायिक भवनमा सहकारी संस्थाले सम्मान तथा संस्थाको विभिन्न प्रतिवेदनहरु पारित गर्दै सहकारीको साधारणसभा सम्पन्न गरेको हो ।

कार्यक्रम माङसेबुङ गाउँपालिका उपाध्यक्ष विनोद नेम्बाङको प्रमुख आतिथयमा भएको साधारणसभाले संस्थाको अध्यक्ष सहित विभिन्न प्रस्तुत प्रतिवेदन पारीत गरेको छ ।

संस्थाले उत्कृष्ट बचतकर्ता आइतराज थोक्लिहाङ लिम्बू  र उत्कृष्ट ऋृण भुक्तानीमा कविता राई लाई साधारणसभामा सम्मानित गरिएको संस्थाका लेखापाल कर्मचारी समिता थेबेले बताइन् ।

सहकारी संस्थामा ५ सय ६८ जना सेयर सदस्य रहेको  छ । पुरुष शेयर सदस्य सङ्ख्या ३ सय ३७ जना रहेको छ  । भने, महिला शेयर सदस्य सङ्ख्या २ सय २७ जना छन् । त्यस्तै सस्थागत शेयर सदस्य संख्या  ४ जना रहेको जनाइएको छ ।

संस्थाको गत बर्ष ८६ लाख ७७ रुपैयाँ शेयर पुँजी र वचत निक्षेप २ करोड ४१ लाख ३२ हजार ८ ०८ रुपैयाँ  रहेको सो संस्थाले चालु आर्थिक वर्षमा २ करोड ८९ लाख ८६ हजार ८ सय ८ रुपैयाँ पुर्याउने लक्ष्य लिएको छ ।

संस्थाले आर्थिक वर्ष ०७९ / ०८० को वित्तीय स्थिती विवरण  ३ करोड ९१ लाख ९२ हजार ८ सय १० रुपैयाँ रहेको छ । उक्त सहकारीले १३ लाख ६९ हजार ४१८ रूपैयाँ खुद नाफा गरेको हो ।

संस्थाले न्यूनतम व्याजदरमा सेयर सदस्यहरुलाई ऋण लगानी गरी कृषि तथा पशुपालन र सीप तथा क्षमता विकास जस्ता उत्पादनमूलक क्षेत्रमा लगानी गर्न विभिन्न कार्यक्रम गर्दै आएको छ ।

संस्थाद्वारा अङसीमामाङ साबा पवित्रहाङमा लिङ्देनलाई सम्मान गर्ने

माङ्सेबुङ कृषि बहुउद्देश्यीय सहकारी संस्थाको १८ औ साधारणसभाले मुहिङगुम अङसीमामाङ साबा पवित्रहाङमा लिङ्देनलाई सम्मान गर्ने जनाइएको छ ।

संस्थाको २०८०/०८१  को बार्षिक नीति तथा कार्यक्रम  प्रतिवेदनमा उल्लेख भएअनुसार संस्थाले  मुहिङगुम अङसीमामाङ साबा पवित्रहाङमा लिङ्देन ६७ औ शुभजन्मोत्सव तथा मुहिङगुम अङ्सीमाङ लिङ्देन आत्मानन्द सेइङ नोमाङगेन्ना सेवा समारोह कार्यक्रममा सम्मान गर्ने सस्थाको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

कार्यक्रममा प्रमुख अतिथि माङ्सेबुङ गाउँपालिका उपाध्यक्ष विनोद नेम्बाङ ,किरात चोत्लुङ मुहिङगुम अङ्सीमाङ्गेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङ , माङसेबुङ वडा नम्बर ५, का वडाध्यक्ष नरेन्द्र कुमार राई, माङसेबुङ  कार्यपालिका सदस्य हस्तकुमारी राई लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रम सम्बोधन गर्दै प्रमुख अतिथि नेम्वाङले माङसेबुङ सहकारीले आर्थिक विकासमा सकारात्मक योगदान पुर्याएको बताए । उनले गाउँपालिकामै माङसेबुङ सहकारीले आर्थिक कारोबारमा राम्रो काम गर्दै गएकोमा प्रशंसा समेत गरेका छन्।

संस्थाको अध्यक्ष राजेन्द्र विक्रम खजुमको अध्यक्षतामा भएको कार्यक्रममा सञ्चालक समितिका उपाध्यक्ष दुध बहादुर लाओतीले स्वागत मन्तव्य गरेका थिए भने कार्यक्रम सञ्चालन समिता थेबेले गरेकी थिइन् ।

प्रकाशित मिति : ३० मंसिर २०८०, शनिबार  ३ : ५७ बजे