३० असार २०८२, सोमबार | Tue Jul 15 2025

दमक-चिसापानी (फाल्गुनन्द मार्ग) निर्माणकार्य ढिलासुस्ती हटाउन सर्वपक्षीय वैठक



इलाम : दमक-चिसापानी (फाल्गुनन्द मार्ग) निर्माण कार्यको चौतर्फी आलोचना पछि जिल्ला प्रशासन कार्यालय इलामको समन्वयमा सर्वपक्षीय वैठक सम्पन्न भएको छ ।
फाल्गुनन्द मार्ग निर्माण कार्यमा निर्माण कम्पनीले ढिलासुस्ती गरेको भन्दै माङसेबुङ गाउँपालिकाले तीन महिना अघि जिल्ला प्रशासन इलामलाई समन्वय गराउन पत्रचार गरेको थियो।
सोमबार जिल्ला प्रशासन कार्यालय इलामले सर्वपक्षीय वैठक बोलाएर प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको अध्यक्षतामा वैठक बसेको छ ।
उक्त बैठकमा जिल्लाका राजनैतिक दल , सन्चारकर्मी एबम सरोकारवाला सहभागी वैठकमा निर्माण कम्पनीद्वय लुम्बिनी-गणपति जे.भी. काठमाण्डौं र महालक्ष्मी किरातेश्वर जे.भी. सुकेधाराका प्रतिनिधिलाई सहभागिहरुले निर्माण कार्यको ढिलासुस्तीबार प्रश्न र गुनासा राखेका थिए।

दमक–चिसापानी सडक (फाल्गुनन्द मार्ग) कालोपत्रेका लागि ठेक्का लागेको पनि वर्षौँ भइसकेको छ । दमकदेखि चिसापानीसम्मको ३३ किलोमिटर कालोपत्रेका लागि लागेको ठेक्काको समय बारम्बार थपिँदासमेत काम भएको छैन । ट्र्याक चौडा गर्दै कालोपत्रे गर्ने काम आधा पनि नभएको हो ।

तीन वटा खण्डमा विभाजन गरेर पाँच वर्षअघि तीन वर्षमा काम पूरा गर्नेगरी ठेक्का लागेको थियो ।

प्रकाशित मिति : ३ पुस २०८०, मंगलबार  २ : ३८ बजे