माङसेबुङ । विश्व शान्तिको कामना गर्दै भारतको आसामबाट माङसेबुङ धार्मिक पदयात्रामा निस्किएका पदयात्रीहरुलाई बुधबार काकरभिट्टामा भव्य स्वागत गरिएको छ ।
आसामको लाखिमपुरबाट धार्मिक पदयात्रामा निस्किएको उनिहरु ३२ औ दिनमा आज बिहान काकरभिट्टा नाका भएर नेपाल प्रवेश गरेको छ । उनीहरुको स्वागत सम्मानको लागि झापाको धुलाबारी , काकरभिट्टा लगायत क्षेत्रको किरात धर्मावलम्बीले सेमी बालेर पदयात्रीलाई खदा अर्पण गरेर स्वागत सम्मान गरेका छन् । आजै उनिहरु माइधारसम्म पुग्ने समेत जनाइएको छ ।
गत मंसिर २ गते शनिबार आसामको लाखिमपुर जिल्लाबाट सुरु गरिएको धार्मिक पदयात्रामा सुमन राई , पन्चबहादुर राई र राज लिम्बु, अमित कुमार लिम्बू रहेका छन् ।
विश्व शान्तिको कामना गर्दै किरात धर्मावलम्बीहरुको आस्थाको केन्द्र पुण्यभूमि किरात धर्मगुरु गुरुआमा ज्यूहरुको निजि गुरु आश्रम लारुम्बा, माङसेबुङ इलामसम्म धार्मिक पदयात्रा सुरु गरेको जनाइएको छ ।