४ असार २०८३, बिहिबार | Thu Jun 18 2026



पाँचथर।  पूर्वमन्त्री स्व.पदमसुन्दर लाओतीको शालिक अनावरण गरिएको छ। सदरमुकाम फिदिम १ र ४ को संगमस्थल अस्पतालमोडमा निर्मित पूर्वमन्त्री लाओतीको शालिकलाई प्रदेश प्रमुख पर्शुराम खापुङले मंगलबार अनावरण गरेका थिए।

शालिक अनावरण गर्दै प्रदेश प्रमुख खापुङले पाँचथर जिल्लाको बिकासको लागि ठूलो योगदान गरेर गएका स्वर्गिय लाओतीले देखाएको बाटोलाई पाँचथरेहरुले पछ्याउनुपर्ने बिचार राखेका थिए।

गृह सहित विभिन्न मन्त्रालय सम्हालेका लाओतीलाई पाँचथरे जनताले बिकासप्रेमी नेताको रुपमा स्मरण गर्दछन्। लाओतीको पहलमा पाँचथरमा शिक्षा, स्वास्थ्य, सडक लगायतका क्षेत्रमा महत्वपूर्ण काम भएका थिए। शालिक अनावरणसँगै १० लाख रुपैँयाको पदमसुन्दर लाओती प्रतिष्ठान कोषको घोषणा गरिएको छ पापोहाङ लाओती सयङका बिजयबोध लाओतीले बताएका छन्।

प्रकाशित मिति : १० पुस २०८०, मंगलबार  ३ : २६ बजे