१२ असार २०८१, मंगलबार | Tue Jun 25 2024

मुक्कुमलुङमा केबलकार नबनाउन संघर्ष समितिको ध्यानकर्षण



ताप्लेजुङ : ताप्लेजुङको प्रसिद्ध धार्मिक स्थल मुक्कुम्लुङ क्षेत्रमा कुनै भौतिक संरचना बनाउँन नदिने मुकुम्लुङ संयुक्त सङ्घर्ष समितीले चेतावनी  दिएका छन् ।

मुक्कुमलुङको अस्तित्वलाई जोगाउँनका लागि जस्तोसुकै संघर्ष  गर्नपछि नहट्ने समेत चेतावनी दिएका छन् ।

मुक्कुमलुङ  क्षेत्रमा लामो समय देखि केबलकार निर्माण बहस चलिहरको छ । केबलकार निर्माणका केहि प्रक्रियाहरु पुरा भएको छ । केबलकार निर्माण भएमा मुक्कुमलुङको अस्तित्वमा आँच आउँने भन्दै मुकुम्लुङ संयुक्त सङ्घर्ष समितिले आफ्नो मत राख्दै आएको छ ।

संघर्ष समितिले शनिबार  पत्रकार सम्मेलन गरेको छ । मुक्कुमलुङमा ६ संस्थाहरूले कुनैपनि हालतमा केवलकार निर्माण गर्न नदिने अडान दोहोर्याएका छन् ।

केवलकार निर्माण खारेजी समिति, मुकुम्लुङ संयुक्त सङ्घर्ष समिति, प्रदेश १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समिति, किराँत धर्म तथा साहित्य उत्थान संघ, पहिचानका लागि युवा जिल्ला समिति र किराँत याक्थुङ चुम्लुङ जिल्ला समितिले संयुक्त रुपमा पत्रकार सम्मेलन गर्दै उक्त चेतावनी दिएका हुन् ।

 

प्रकाशित मिति : १५ पुस २०८०, आइतबार  २ : ५६ बजे