६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

खिबेक्वा याक्वा सेवा कार्यक्रम उद्घाटन सम्पन्न



  • योगेस लाओती 

माङसेबुङ । सावायेहाङ किरात खिबेक्वा याक्वा सेवा तथा माङवा हाङवा वितरण महान सेवा समारोह समुद्घघाटन कार्यक्रम सम्पन्न भएको छ ।

किरात धर्मावलम्बीहरुको आस्थाको केन्द्र इलामको माङसेबुङ गाउँपालिका-५ स्थित माङसे्बुङमा माघ ६ गतेसम्म हुने खिबेक्वा याक्वा सेवा समारोह कार्यक्रममा किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ तथा मुहिङगुम अङ्सीमामाङ साबा पवित्रहाङमा लिङ्देनज्युहरुको देव समुपस्थितिमा प्रमुख अतिथि माई नगरपालिकाका मेयर खम्बासिंह योङहाङले महाबत्तिमा दिपप्रज्वलन गरि महान सेवा समारोहको उद्घाटन गर्नुभएको थियो ।

योङहाङले सबै धर्मलाई उत्तिकै सम्मान गर्ने बताउदै माङसेबुङ गाउँपालिका लाई धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न सहयोग मागे माई नगरपालिकाको तर्फबाट सबै प्रकारको सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

कार्यक्रममा किरात धर्मगुरु लिङदेन आत्मानन्द सेइङ ज्यूले धन्यवाद आशीर्वचन समेत प्रदान गर्नुभएको थियो । अङसीमाङले,’विश्व युद्धको संकेत गर्नुहुदै विश्व शान्ति मानव एकताको पक्षमा रहेको बताउनुभयो । अङसीमाङले भन्नुभयो , वार्ता,सम्वादले मात्र शान्ति कायम हुने बताउदै धर्मको माध्यमबाट पनि विश्व शान्तिको पक्षमा जोड गर्नुपर्ने बताउनु भयो ।’

 

सो कार्यक्रममा किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भोका कलाकारहरूले स्वागत नृत्य प्रस्तुत गरेको थियो भने कार्यक्रममा कृति विमोचन , थेबालाङ, पालाम, पन्चेबाजा सांस्कृतिक नृत्य समेत प्रस्तुत गरिएको थियो ।

समारोहले किरात धर्मगुरुज्युको ७० औ जन्मोत्सव मंसिर १८ गते एकदिन स्थानीय सार्वजनिक विदा दिएकोमा इलामको माई नगरपालिका र माङसेबुङ गाउँपालिकालाई सम्मान गरेको छ । आज अङसीमाङ तथा अङसीमामाङको हस्तबाहुलिबाट सम्मान पत्र माइ नगर मेयर खम्बासिंह योङहाङ र माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईलाई प्रदान गर्नुभएको हो ।

 

कार्यक्रममा प्रमुख अतिथि माई नगरपालिकाका मेयर खम्बसिंह योङहाङ , माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राई , माई नगर वडा नम्बर ७ का अध्यक्ष बुद्धि खनाल, माङसेबुङ गाउँपालिका पूर्व उपाध्यक्ष सुनिता सुब्बा, माङसेबुङ गाउँपालिका वडा नं. ५ का अध्यक्ष नरेन्द्र राई,किरात धर्म सम्बद्ध प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

 

कार्यक्रममा माई नगरपालिकाका मेयर खम्बसिंह योङहाङ , माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राई , माई नगर वडा नम्बर ७ का अध्यक्ष बुद्धि खनाल लगायतले शुभकामना मन्तव्य राखेका थियोे ।

 

यसैगरी माघ ५ र ६ गते हुने खिबेक्वा याक्वा माङ्वा हाङवा वितरण कार्यक्रममा अमेरीका, बेलायत, हङकङ, बर्मा, भुटान, दार्जि्लिङ, सिक्कीम, आसाम  लगायत नेपालका विभिन्न क्षेत्रबाट किरात धर्मावलम्बीहरु कार्यक्रममा सहभागी हुन माङसेबुङ आएका छन् ।

 

 

प्रकाशित मिति : ५ माघ २०८०, शुक्रबार  ६ : २३ बजे