११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

इलाम गोल्डकप : आयोजक रेडहर्षको बिजयी सुरुवात



इलाम । प्रथम इलाम गोल्डकपमा आयोजक रेडहर्ष फुटबल क्लबले बिजयी सुरुवात गरेको छ ।

इलाम सदरमुकाममा शनिबारबाट सुरु भएको खेलमा मानेभञ्ज्याङ फुटबल क्लब दार्जिलिङ भारतलाई ४–० गोल अन्तरले पराजित गर्दै आयोजक रेडहर्षले बिजयी सुरुवात गरेको हो । जितसँगै आयोजक सेमीफाइनल प्रवेश गरेको छ ।

आयोजकका जितमा राष्ट्रिय टोलिका पूर्व कप्तान नवयुग श्रेष्ठको कप्तानीमा मैदान उत्रिएको आयोजकका लागि श्रेष्ठले ह्याट्रिक गरेका थिए भने उत्सव राईले एक गोल गरेका थिए ।

खेलको १३ औं मिनेटमा उत्सव राईले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि नवयुग श्रेष्ठले ५५, ६५ र ८२ औं मिनेटमा लगातार गोल गर्दै सानदार जित दिलाएका थिए ।

खेलको म्यान अफ द म्याच विजेता रेडहर्षका कप्तान नवयुग श्रेष्ठ घोषित हुँदै नगद पाँच हजार प्राप्त गरे ।

आइतबार दोस्रो क्वाटरफाइनलमा राष्ट्रिय जागृति क्लब इटहरी र विर्तामोड युनाइटेड झापाबीच प्रतिष्पर्धा हुनेछ ।

माघ १३ गते फाइनल खेल हुने गोल्डकपको विजेताले नगद पाँच लाख र उपविजेताले नगद तीन लाखसहित पदक र प्रमाणपत्र पाउनेछन् ।

प्रकाशित मिति : ७ माघ २०८०, आइतबार  १२ : २० बजे