२४ मंसिर २०८१, सोमबार | Mon Dec 9 2024

याङनामस्थित फाल्गुनन्द प्रतिमा अनावरण र माङहिम उद्घाटन कार्यक्रम स्थलमा यसरी पुग्न सकिन्छ



  • योगेश लाओती 

याङनाम – फिदिम नगरपालिका वडा नम्बर १० अवस्थित ऐतिहासिक धार्मिक पर्यटकीय स्थान याङनाम खलंगाटार रहेको छ ।
पाँचथर सदरमुकाम फिदिम ( फेदेन )  नगरपालिकादेखि पूर्व उत्तर क्षेत्रमा रहेको सुन्दर ठाउँ याङनाम खलंगाटारमा ९५ प्रतिशत भन्दा बढि लिम्बू समुदायको बसोबास रहेको यस थलोको ऐतिहासिक धार्मिक र प्रसाशनिक महत्त्व रहेको छ ।

स्थानीय डीबी हाङसरुम्बा लिम्बुले भने, ‘युमाले याङनाम गाउँ पुगेर आफुले बोकेको याङ ( पैसा ) नामा ( बिसाउन) आराम गर्नुहुन्थ्यो उनले सुनाउछन । र, त्यहिबाट यस थलोको नाम याङनाम रहन गएको समेत बताए ।’

धार्मिक , प्रसाशनिक साथै मुन्धुमी पर्यटनको गन्तव्यको रूपमा  समेत यस स्थान प्रख्यात रहेको छ । यसरी फाल्गुनन्द पार्क परिसरमा निर्माण गरिएको सिद्ध काली मन्दिर पनि रहेको छ ।

वि.सं. १९९० सालमा लब्रेकुटीबाट टिबुरेहुदै फक्ताङलुङ (कुम्भकर्ण) हिमाल यात्राको क्रममा महागुरु फाल्गुनन्द खलगा पुगेर होमादि लगाउनु भएको साथै महागुरुकै बेला वैजनाथ तुम्बापोले वि.सं. २०१८ सालमा होमादी लगाउनु भए‌को पवित्र स्थल खलंगाटार, त्यसैगरी बास बस्नु भएको र पूजाअर्चता गर्नु भएको वधिनलुङ, लङपङदेन, भोराहाङ, सुम्हात्लुङ, अम्लुड, साम्माङखा, आकासे स्थित निर्माणाधिन शहिद पार्क, अंशुभञ्ज्याङ, युमा थेबा फुक्कु (पताले) लुवाफु जस्ता मुन्धुममा  उल्लेख भएका ऐतिहासिक पर्यटकीय स्थलहरु रहेको छ ।

याङनाम यसरि पुग्न सकिन्छ

फिदिम – फलौट मार्ग भएर  ऐतिहासिक धार्मिक पर्यटकीय स्थल याङनाम खलंगाटार अवस्थित सवारीसाधन मार्फत सजिलोसँग पुग्न सकिन्छ ।

फिदिमबाट पूर्व उत्तर क्षेत्रमा अवस्थित सुन्दर ठाउँ याङनाम खलंगाटारमा आयोजित किरात धर्म दर्शनदाता महान समाज सुधारक राष्ट्रिय विभूति मुहिङगुम अङसीमाङ महागुरु फाल्गुनन्द लिङ्देन ज्युको प्रतिमा अनावरणसंगै माङहिम उद्घाटन समारोह कार्यक्रम स्थलमा फिदिमको बुद मार्ग – जिल्ला अदालत भएर फिदिम – फलौट मार्ग हुदै  दुमाटार – फेमे खोला – तिर्तिया भञ्ज्याङ्बाट याङनाम जाने बाटो छुटिन्छ । यसरी तिर्तिया भञ्ज्याङ्बाट तुम्देन चौक हुँदै याङनाम खलंगाटार  कार्यक्रम स्थलसम्म पुग्न सकिन्छ ।

प्रकाशित मिति : १४ माघ २०८०, आइतबार  ८ : ५० बजे