४ बैशाख २०८३, शुक्रबार | Sat Apr 18 2026

भोलि ताप्लेजुङमा मुक्कुम्लुङ संरक्षणका लागि जनप्रदर्शन हुने



ताप्लेजुङ । मुक्कुम्लुङ संरक्षणका लागि केबलकार निर्माण खारेजीको माग गर्दै ताप्लेजुङको फुङलिङमा जनप्रदर्शन हुने भएको छ ।

भोलि माघ १५ गते मुक्कुमलुङ फासिङ ताङ्सेप चुम्भो सहित मुक्कुमलुङ संघर्ष समिति, केबलकार खारेजी संघर्ष समिति लगायत विभिन्न संघ संस्थाहरूको आयोजनामा शान्तिपूर्ण विरोध जन प्रदर्शन हुने भएको केबलकार निर्माण खारेजी संघर्ष समितिका संयोजक खगेन्द्र फेम्बूले जानकारी दिनुभयो ।

भोलि बिहान साढे १० बजेदेखि विरोध ¥याली सुरु हुने मुक्कुमलुङ संयुक्त संघर्ष समितिका संयोजक श्री लिङखिमले जानकारी दिनुभयो । वहाँका अनुसार ¥याली तमोर हस्पिटल हुँदै विरेन्द्र चोकदेखि टुक्रे पुगी पुन फर्की तोक्मे डाँडाँ पुगी कोण सभामा परिणत हुने भएको छ ।

मुक्कुमलुङ संयुक्त संघर्ष समितिले सम्पूर्ण जनसमुदायलाई शान्तिपूर्ण विरोध जन प्रदर्शनमा सहभागी हुन आह्वान समेत गरेको छ ।

प्रकाशित मिति : १४ माघ २०८०, आइतबार  ४ : ३० बजे