७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

याङनामस्थित वधिनलुङमा साक्मुरा वदेम्मा सेवा सम्पन्न



याङनाम ।  फिदिम नगरपालिका १० याङनाम अवस्थित वधिनलुङमा साक्मुरा वादेम्मा सेवा आइतबार सम्पन्न भएको छ । महागुरु फाल्गुनन्द लिङ्देनले फक्ताङलुङ हिमाल यात्राको क्रममा  बि.स. १९९० सालमा वधिनलुङमा सेवा अर्चना गर्नुभएको थियोे ।

राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द मुन्धुमी पर्यटन सेवा समारोह आयोजकको कार्यक्रम अनुसार पहिलो दिन आइतबार साक्मुरा वादेम्मा ( गालीश्राप बहन्ति ) सेवा सम्पन्न भएको हो ।

महागुरु फाल्गुनन्दले फक्ताङलुङ हिमाल यात्रामा सेवा गर्नुभएको ठाँउ वधिनलुङ ।
बि.स. १९९० सालमा महागुरु फाल्गुनन्द फक्ताङलुङ हिमाल यात्रामा सेवा गर्नुभएको ठाँउ वधिनलुङ ।

साक्मुरा सेवामा माङसेवासाबाहरु धनबहादुर सम्बाहाम्फे , डिग बहादुर लिम्बू, तेजबहादुर लोवा लिम्बु रहेको थियो ।

आज सोमबार माघ १५ गते येत्नाम्धुङ लाधुङ्सेमी बिश्वशान्ती तथा मानव एकता चराचर सृष्टि रक्षार्थ आप्लुङ्गेन ताङ्सेप सेवा हुने राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द शालिक अनावरण मुन्धुमी सेवा समारोह आयोजक समितिले जनाएको छ ।

यसैगरी भोलि मंगलबार किरात धर्मगुरु मुहिङगुम अङ्सीमाङ लिङ्देन आत्मानन्द सेइङ र मुहिङगुम अङ्सीमामाङ साबा पवित्रहाङमा लिङ्देन ज्यूहरुको देव उपस्थितिमा खलंगाटारको फाल्गुनन्द फार्कमा निर्माण गरिएको महागुरु फाल्गुनन्द प्रतिमा अनावरणसंगै माङहिम उद्घाटन गर्नु हुने जनाइएको छ ।

कार्यक्रमको लागि नेपालका विभिन्न जिल्ला इलाम ,ताप्लेजुङ झापा ,मोरङ ,धनकुटा ,तेह्रथुम , काठमाडौ ,पान्थर लगायत छिमेकी देश भारतको दार्जिलिङ , सिक्किम आसाम लगायतका भक्तजनहरुको सहभागिता रहेको छ ।

 

प्रकाशित मिति : १५ माघ २०८०, सोमबार  २ : ४१ बजे