१ चैत्र २०८२, आइतबार | Mon Mar 16 2026

पवित्रहाङमा कप : विवाईसी भूटानलाई हराउँदै कनकाई नगरपालिका सेमिफाइनलमा



माङसेबुङ । इलामको माङसेबुङमा जारि १४ औं संस्करण  पवित्रहाङमा कप महिला फुटबल प्रतियोगितामा कन्काई नगरपालिका झापा सेमिफाइनलमा प्रवेश गरेको छ ।

बिहीबार माङसेबुङ ५, स्थित प्रस्तावित आत्मानन्द रंगशालामा भएको खेलमा पाहुना टिम विवाईसी भूटानलाई  २–० गोल अन्तरले पराजित गर्दै कन्काई झापा सेमिफाइनलमा प्रवेश गरेको हो ।

कन्काईको जितमा जेनीफर रानामगर र कुमारी तामाङले एक एक गोल गरिन् । दुबै गोल खेलको पहिलो हाफमा सम्भव भएको थियो । खेलको वमन अफ दी म्याच कन्काईकी जेनीफर रानामगर घोषित भइन् ।

प्रतियोगिता अन्तर्गत भोलि(शुक्रबार) मानेभञ्ज्याङ फुटबल क्लब दार्जिलिङ भारत र नवोबुद्ध युवा क्लब सप्तरीबीच प्रतिप्षर्धा हुने खेलकुद प्रतियोगिताका संयोजक आत्मा पवित्र हक्चात यक्चुमका अध्यक्ष मनकुमार आङबुहाङले बताएका छन् ।

प्रदेश १ कै सर्वाधिक पुरस्कार राशीको कपको रुपमा रहेको प्रतियोगितामा नेपाल, भूटान र भारतका गरी ८ वटा महिला टिमको सहभागिता रहेको आयोजक आत्मा पवित्र हक्चात यक्चुमका सचिव सरिता राईले बताएकी छन् ।

प्रतियोगिताको विजेता टिमले ३ लाख १ सय ६८ रुपैयाँ नगद पुरस्कारको साथमा ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन् भने उपविजेताले २ लाख १ सय ६८ रुपैयाँ सहित ट्रफि मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन् ।

मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देन ६८ औं जन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेईङ नुमाङगेन्ना सेवा महान समारोहको अवसरमा आयोजना गरिएको १४ औं संस्करण पवित्रहाङमा कप प्रतियोगिताको फाइनल खेल भने फागुन २ गते हुनेछ ।

प्रकाशित मिति : २५ माघ २०८०, बिहिबार  २ : ०६ बजे