१ असार २०८१, शुक्रबार | Sat Jun 15 2024

पवित्रहाङमा कप : आज पाहुना टोली मानेभञ्ज्याङ र नवोबुद्ध सप्तरी भिड्दै



माघ २६, माङसेबुङ । इलामको माङसेबुङमा जारि पवित्रहाङमा कप महिला फुटबल प्रतियोगितामा आज(शुक्रबार) मानेभञ्ज्याङ फुटबल क्लब दार्जिलिङ भारत र नवोबुद्ध युवा क्लब सप्तरीबीच प्रतिप्षर्धा हुदैछ ।

माङसेबुङ ५, स्थित प्रस्तावित आत्मानन्द रंगशालामा मानेभञ्ज्याङ र नवोबुद्ध सप्तरी बीचको खेल दिउँसो ३ बजे सुरु हुने आयोजक आत्मा पवित्र हक्चात यक्चुमका सचिव सरिता राईले बताएकी छन् ।

यसअघि हिजो(बिहिबार) भएको खेलमा विवाईसी भूटानलाई २–० गोल अन्तरले पराजित गर्दै कनकाई सेमिफाइनलमा प्रवेश गरेको छ ।

प्रदेश १ कै सर्वाधिक पुरस्कार राशीको कपको रुपमा रहेको प्रतियोगितामा नेपाल लगायत भूटान र भारतका गरी ८ वटा महिला टिमको सहभागिता रहेको आयोजक आत्मा पवित्र हक्चात यक्चुमका सचिव सरिता राईले बताएकी छन् ।

प्रतियोगिताको विजेता टिमले ३ लाख १ सय ६८ रुपैयाँ नगद पुरस्कारको साथमा ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन् भने उपविजेताले २ लाख १ सय ६८ रुपैयाँ सहित ट्रफि मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन् ।

मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देन ६८ औं जन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेईङ नुमाङगेन्ना सेवा महान समारोहको अवसरमा आयोजना गरिएको १४ औं संस्करण पवित्रहाङमा कप प्रतियोगिताको फाइनल खेल भने फागुन २ गते हुनेछ ।

प्रकाशित मिति : २६ माघ २०८०, शुक्रबार  ४ : ५५ बजे