६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

पवित्रहाङमा कप: साविक विजेता मानेभञ्ज्याङ उपाधि नजिक



माङसेबुङ । साविक बिजेता मानेभञ्ज्याङ फुटबल क्लव दार्जिलिङ भारत धार्मिक पर्यटकिय स्थल इलामको माङसेबुङमा जारि पवित्रहाङमा कप महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

आज(आइतबार) माङसेबुङ ५, स्थित प्रस्तावित आत्मानन्द रंगशालामा भएको पहिलो सेमिफाइनल खेलमा माङसेबुङ गाउँपालिका इलामलाई २–१ गोल अन्तरले पराजित गर्दै मानेभञ्ज्याङ उपाधि नजिक पुगेको हो । मानेभञ्ज्याङको जितमा पेमा याङछेन डुक्पा र कुसुम क्षेत्रीले एक एक गोल गरिन् ।

यता माङसेबुङका लागि भने इमा राईले एक गोल फर्काइन् । खेलको पहिलो हाफको ११ औं मिनेटमा पेमा याङछेन डुक्पाको गोल्मा मानेभञ्ज्याङले अग्रता बनाएको थियो । त्यसपछि पहिलो हाफको अतिरिक्त समयमा कुसुम क्षेत्रीले गोल गर्दै मानेभञ्ज्याङको अग्रता दोब्बर बनाइन् ।

खेलको दोस्रो हाफको चौथो मिनेटमानै इमा राईले पेनल्टीमार्फत गोल गर्दै माङसेबुङलाई खेलमा फर्काउने कोसिस गरेपनि हार टार्न भने सकेन । खेलको वुमन अफ दी म्याच मानेभञ्ज्याङकी पेमा याङछेन डुक्पा घोषित भइन् ।

प्रतियोगिता अन्तर्गत भोलि(सोमबार) हुने दोस्रो सेमिफाईनल खेलमा कन्काई नगरपालिका इलाम र दिपेन्द्र शिखर फुटबल क्लव इलामबीच फाइनल प्रवेशका लागि प्रतिप्षर्धा हुने खेलकुद प्रतियोगिताका संयोजक आत्मा पवित्र हक्चात यक्चुमका अध्यक्ष मनकुमार आङबुहाङले बताएका छन् ।

प्रतियोगिताको विजेता टिमले ३ लाख १ सय ६८ रुपैयाँ नगद पुरस्कारको साथमा ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन्, भने उपविजेताले २ लाख १ सय ६८ रुपैयाँ सहित ट्रफि मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन् ।

मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देन ६८ औं जन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेईङ नुमाङगेन्ना सेवा महान समारोहको अवसरमा आयोजना गरिएको १४ औं संस्करण पवित्रहाङमा कप प्रतियोगिताको फाइनल खेल भने फागुन २ गते हुनेछ ।

प्रकाशित मिति : २८ माघ २०८०, आइतबार  ३ : ३९ बजे