६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

पवित्रहाङमा कप उपाधिका लागि मानेभञ्ज्याङ र कन्काई भिड्दै



माङसेबुङ । धार्मिक पर्यटकिय स्थल इलामको माङसेबुङमा जारि १४ औं संस्करण पवित्रहाङमा कप महिला फुटबल प्रतियोगिताको उपाधिका लागि साविक बिजेता मानेभञ्ज्याङ फुटबल क्लव दार्जिलिङ भारत र कन्काई नगरपालिका झापाबीच प्रतिस्पर्धा हुदैछ ।

आज(बुधबार) माङसेबुङ ५, स्थित प्रस्तावित आत्मानन्द रंगशालामा हुने उपाधि भिडन्तमा मानेभञ्ज्याङले कन्काईको सामना गर्ने भएको हो । आज हुने फाइनल खेल दिउँसो २ः३० बजे सुरु हुने आयोजक आत्मा पवित्र हक्चात यक्चुमका सचिव सरिता राईले बताएकी छन् ।

सेमिफाइनलमा माङसेबुङ गाउँपालिका इलामलाई २–१ गोल अन्तरले पराजित गर्दै मानेभञ्ज्याङले फाइनलको यात्रा तय गरेको थियो भने, दिपेन्द्र शिखर फुटबल क्लव इलामलाई १–० गोल अन्तरले पराजित गर्दै कन्काईले फाइनलमा मानेभञ्ज्याङसँग भेट पक्का गरेको थियो ।

मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देन ६८ औं जन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेईङ नुमाङगेन्ना सेवा महान समारोहको अवसरमा आयोजना गरिएको प्रतियोगिताको विजेता टिमले ३ लाख १ सय ६८ रुपैयाँ नगद पुरस्कारको साथमा ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन् भने उपविजेताले २ लाख १ सय ६८ रुपैयाँ सहित ट्रफि मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन् ।

प्रकाशित मिति : २ फाल्गुन २०८०, बुधबार  ६ : ३४ बजे