माङसेबुङः इलामको माङसेबुङ गाउँपालिका वडा ६ को स्वास्थ्य कार्यालयमा व्यावसायिक पशु पालन तालिम सुरु भएको छ ।
माङसेबुङ वडा ६ अध्यक्ष वडा सदस्य खगेन्द्र खडकाको प्रमुख अतिथ्यतामा सुरु भएको तालिम फागुन २१ र २२ गतेसम्म संचालन हुने छ ।
५५ जनाको सहभागिता रहेको तालिमको उद्घाटनमा शसस्त्र बेसक्याम्प इन्सपेकटर आन बहादुर गुरुङ प्रहरी चौकी साकफारा प्रतिनिधि, बाँझो स्वास्थ्य चौकी प्रमुख दोमन्त धमलाको उपस्थिति रहेको थियो ।
जीवन बिकास लघुवित्त वित्तिय सस्थाद्धारा आयोजना गरिएको तालिमको सहजीकरण कृष्णकुमार शाहले गरेका छन् ।