३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026

पापुन्देनमा राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङ्देनको शालिक बन्ने



पाँचथरको फालेलुङ गाउँपालिका-७ पापुन्देनमा १६ औं राष्ट्रिय विभूति  महागुरु फाल्गुनन्द लिङ्देनको शालिक बन्ने भएको छ।

आङबोहरुको मुन्धुमिक ऐतिहासिक स्थल आङबो माङ्घेन्ना लुङधुङ यक पापुन्देन स्थित आङ्पजमा यकमा आङबो माङ्घेना लुङ्धुङको दाहिने पट्टिको स्थानमा किरात धार्मिक गुरु तथा १६ औ रास्ट्रीय बिभुति महागुरू फाल्गुनन्द लिङदेनको ६ फुटको शासिक निर्माण गर्ने भएको हो। शालिक १२ लाखको लगानीमा निर्माण हुँने आयोजक तेजबहादुर आङ्बोले बताउनुभयो ।

आर्थिक देश विदेशबाट आङबो दाजुभाई दिदिबहिनी लगायत साथै अन्य शुभेच्छुक संघसंस्था र व्यक्तिहरुबाट स्वैच्छिक आर्थिक संकलन भैरहेको र अन्तिम चरणमा रहेको प्रवास जापानबाट आर्थिक संचालन विभाग सहजिकरण गरिरहेका माङेन्ना लुङधुङ निर्माण समितिका सस्थापक सचिव सुजन आङबोले जानकारी दिनुभएको छ। फालेलुङ न्युजबाट ।

प्रकाशित मिति : २७ फाल्गुन २०८०, आइतबार  ६ : ०५ बजे