१ असार २०८१, शुक्रबार | Fri Jun 14 2024

माङसेवासाबा पान्जुम्भोको २६ औ स्थापना दिवसमा येत्नाम्धुङ लाधुङसेमी सेवा सम्पन्न



माङसेबुङ । किरात साम्यो माङसेवासाबा मुजोत्लुङ पान्जुम्भोको २६ औ बार्षिक स्थापना दिवस तथा चोमेन सेवा भव्यताको साथ मनाइदैछ । इलामको माङसेबुङ – ५ , स्थित पान्जुम्भोको केन्द्रीय भवनमा चैत ३-६ गतेसम्म कार्यक्रमको आयोजना गरिएको छ ।

वि.स २०५५ सालमा माङसेवासाबा मुजोत्लुङ पान्जुभो स्थापना भएको हो ।  यस पान्जुम्भोको २६ औ स्थापना दिवसको अवसरमा विविध कार्यक्रम गरि मनाइने आयोजक समितिका सचीव सञ्चहाङ सङबाङफेले जानकारी दिए ।

यसैगरी चैत ३ गते शनिबार मेक्वा खोलामा साक्मुरा वदेम्मा  । त्यस्तै आइतबार चैत ४ गते विश्व शान्ति तथा मानव एकताको निम्ति किरात हाङसाम मुजोत्लुङ माङहिममा येत्नाम्धुङ लाधुङसेमी सेवा सम्पन्न भएको छ ।

विगतका बर्षदेखि माङसेवासाबा पान्जुम्भोले किरात धर्ममा योगदान पुर्याउने व्यक्तित्वहरुलाई सम्मान गर्दै आइरहेको छ । त्यस्तै २६ औ बार्षिक दिवसमा तीन जना सम्मानित हुदैछ ।  सम्मानित हुनेमा माङसेवासाबा पान्जुम्भोको पूर्व  सचीव हरिकुमार आङबुहाङ  माङसेबुङ – ५, इलाम , पूर्व केन्द्रीय सदस्य भक्त बहादुर साबा माङसेबुङ -३, दुम्से इलाम र धननारायण मादेन लिम्बू  लगायत तीन जनालाई पान्जुम्भोले सम्मान गर्ने जनाइएको छ ।

प्रकाशित मिति : ५ चैत्र २०८०, सोमबार  ३ : ५४ बजे